विचौलियाका दिन फिरे
अब विचौलिया, ब्रोकर,। दाललाई गाली गर्दे नगरम् । विचौलियाका लागि सरकारले नै धन्दा गवर्नै अवसर मिलाई दिँदो रहेछ । अनि अरुले प्यार प्यार चिच्याएर फुइँøया हुन्छ । हुन त सरकार आपै दलाल, ब्रोकर, विचौलियाभएर काम गरिरहकेो छ । पछिल्ले पटक विचौलिया, ब्रोकर दलाललाई यो अवसर जुटाइदिएको भने सरकारले नै हो ,। बासीभाते नागरिकता विध्येक पिण्डे बाजेले आँखा चिम्लेर प्रमाणिकरण गरिदिपछि यतिबेला विचौलियाहरुले कमाउने राम्रै अवसर पाएका छन् । एउटा नागरिकताको कागजपत्र ठ्क्याकठुक्क मिलाइदिएवापत ३०–४० हजार थपक्क हातमा । दलाल, विचौलिया, ब्रोकरलाई प्रहरी नि राम्रै साथ द्या छन् रे । किन नदिनु त जहाँ मल्खु त्यहाँ ढल्कु उनेरको स्वभाव नै हो । जे होस् नागरिकता विद्ये्यकले सुनसरीदेखि ताराईका जिल्लाहरुमा कमाइको राम्रै स्रोत फेला परेछ ।
वैसाखी सरकारको कसरत
बुख्याँचा पाल्न बनाइएको प्रदेश ÷कोशी प्रदेशमा एउटा वैसाखी सरकार अस्तिका दिन गल्र्याम्म ढलेको छ । फेरि वैसाखी सरकार बनाउन बुख्याँचाहरु कन्दनी कसेरलाग्या छन् । कुनै एउटा ललका बुख्याँचाहरुको सरकार बनाउने ल्याकत छैन । जब एउटा वैसाखी ढलेपछि अर्को टेको लगाउनु नपर्ने सरकार बने पो ? सबै टेको वाला नै आउनुपर्ने हो भने बाल मतलब । ६ महिना झालेमालेले रैदलालो गरे । अब फेरि रैलदलो गर्न लाँग्रेस, माउवादी, माकुनेका छिचिमिराहरु मरिहत्ते गर्दैछन् । हुन त अब बन्ने छिचिमिराको आयु एक महिना पनि रहला जस्तो छैन । वित्थामा एउटा वैसाखी सरकार हँटाएर अर्को वैसाखी सरकार नै बनाउनु छ भने कोशी प्रदेशका जनताले पाउने त उही गुएँलाको फूल हो ।
ललिता निवासका जड माकुने

ललिता विनवास प्रकण एक पटक फेरि उर्लिएको कछ । के के न लछारटापो लगाउँला झैँ गरेर उर्लिन्छ अनि फेरि स्वात्तै सुक्छ । यो क्रम विगतदेखि केही बर्षदेखि चल्दै आ’छ । यस प्रकरणका मुख्य खलपात्र पुतलीजुँगै माकुनेलाई चन्द्रेका बाबु इन्द्रले नि आजसम्म अँठ्याउन सक्या छैन । माकुनेलाई अँठ्यायो कि प्रचण्डाउ उछिट्टिएर वाल्वाटारबाट भैसेपाटी पुग्छन्, स्यालबहादुर र राष्ट्रिय भाउजुको आम्दानी नै सु्क्छ बाँकी रहेका अरु विल्टौवा हुन्छन आखिरी माकुने न परे । गठनबन्धन बनाई बनाई माकुनेले अपाmूलाई जोगाउँदै आएका छन् । स्यालभन्दा पनि चलाख छन् माकुने । अर्का बाउराम नि त्यस्तै छन् । यी दुईै लाई गवोर्खेलौरी ठोक्ने हो भने अरु पिप्साहरु त्यसै साइजमा आउँछन्,। कि कसो हौ ?
जुत्ताको माला लाउ“छन् ?
धान दिवसका दिन हरेक बर्ष नेपालमा विचित्र देखिने गरेको छ । कोदोको पिठोको लागि संघर्षै गर्नेहरु सत्त१ामा पुगेसी महँगा होटलको डिनर र लञ्चको बानी परेका छन् । कमिशन र भ्रष्टाचार गवर्न नपाए लोकतन्त्रज्ञ खतरामा परकेो् भाषण ठोक्छन् । अस्तिका दिन त तिन्ले उत्पादै मच्चाए । धान दिवसका दिन हिलोमा हाहाल बस्नुपर्नेमा मञ्चमा बसेर धानको विउको माला पो भिरेछन् । तिनलाई बिउको माला भिराउनेहरु पनि लम्पटै रै’छन् । अब उनेरु जहाँ गवए पनि त्यसेको माला िभिराउनु राम्रो होला । साडीको दोकान उद्घाटन गर्न गए साडी भिराईदिने, बाटोको उद्घाटन गर्न गए बेल्चार हान्न लगाउने, जुत्ताको सो रुपम उद्घाटन गर्न गवए जुत्ताको माला लगाइदिने । साँच्ची तिनले जुत्ताको मालाचाहिँ लगाउँछन् कि लगाउँदैनन् होला ? के छोडेथजे तिनलाई भिर्न पाए पुग्व्यो । गुहु र गोवरको गन्ध खासै छुट्याउदैनन् ।
हगाई भन्दा पदाई ठूलो
हगाई भन्दा पदाई त्यसैपनि ठूलो हुने नै भयो । पदाइएको आवाज वरपरिका दुई चार जनाले सुन्छन् त्यै भएर हगाई भन्दा पदाई ठूलो भन्या होला । अब हेरम न हाम्रा पर्धानमन्तनरी प्रचण्डाउलाई । तिनले अस्तिका दिन ठूलठूलो स्वरले भुकेछन् । यसपालि किसानले मलको चिन्ता गर्नै पर्देन रे । असार सिद्धिन लाग्या छ । यतिबेलासम्म किसानले एक गेडो मल किन्न पाएका छैनन् । भारतनीय सीमावर्ती बजारबाट किनेर ल्यायो प्रहरी पोस्दै ठिक्क । त्यसै भन्या होइन गाइ पालेर खनेको भन्दा यहाँ बाटोमा कुकुर डुलाएर जथाभावि हगाउनेको इज्जत छ, धान मकै फलाउने किसानको भन्दा जग्ग प्लटिङगरेर बेच्ने दलालmको इज्ज्त बढी छ, धान मकै फलाउने किसानको भन्दा जग्गा जग्गा प्लटिङ गरेर बेच्ने दलालको इज्जत बढी छ । ज्यालादारी गरेर खानेको भन्दा भ्रष्टाचार गरेर खनेको इन्नत बढीस् छ । कसानले मल त सातारेर पाउँछन तर प्रचण्डाउको भुकाइको इज्जत बढी छ ।
डेंगोले म्वाई खाइदिएछ
धरानका डेगे (मच्चड) हरु बडो निर्माही भएछन् । चुम्बा खाँदा पनि कस्लाई खाने कस्लाई नखाने भनेर कमसेकम छुट्याउनु त पर्छ ? जथाभावि जस्लाई पो त्यसलाई म्वाई खानु त भए नि वगाँठे । धरानका नगर प्रमभुख र उपप्रमुख दुवैलाई डेंगोले भ्याइ दिएछन् । हाम्रा मेयर निश्चिन्त भएर भन्दै थिए श्रम गर्नेलाई डेंगो लाग्दैन भनेर तर तिन्लाई नि डेंगोले चुम्बा खाइदिएछ । नेपालका नेता जस्तै विश्वास गर्न नसकिने जात रै’छन् डेंगो ।
सख्त विरोधी रे
बाँचीबँचिरहे यी दुला परेका कान र टोड्के आँखाले के के सुन्नु र देख्नुपर्छ भन्थे हो रै’छ । अब हेरम न ललित निवास जग्गा प्रकरणमा संलग्न भाका पहिलो व्यक्ति माकुनेले अस्तिका दिन भन्या मैले एएटा चोइटो पनि लिएको छैन । माकुनेको कुरा सुनेर घण्टाघरलाई एकपटक खित्का छाडेर हाँस्न मन लाग्यो । केही पाइन भनेर आफ्नै पाटीईमा आगो झोसेर अरु नाठासँग बरालिनेले खा’छैन भनेर कसरी पत्याउने ? अहिले सरकाराँ छन् र प्रहरीले अँठ्याउन पा’छैन । जुन दिन सरकारबाट सडकमा पुग्छन् तिनले खाएको नखाएको राज्यले छदाइ हाल्छ । देर है अन्धेर नही त्यसै भन्या हैन ।
अन्तेमा
एकपछि र्हो प्रकरणमा फस्दै गएका नेपालका लाउकेहरु फेरि अर्को काण्डमा फँस्ने भएका छन् । भुटानी शरणार्थी,, ललिता निवास प्रकरणपछि अब मिटर ब्याज प्रकरणमा नेपालका भिआइपी लाउकेहरु फस्ने भएका छन् । अस्तिका दिन एमालेका सचेतक पवन गिरी पोल खोलिदिए नेपालका नेता, प्रहरी, प्रशासनले मिटर ब्याजमा ऋण लगवाएका छन् । प्रहरीले मिटर ब्याजको आन्दोलनमा दमन किन ग¥या ? नेताहरुले किन मिटठर ब्याजीका पक्षेमा बोल्दैनन भन्या त गुह्य कुरा त यस्तो पो रै’छ ।
