भरुवा बन्दुक पड्किएर एकको मृत्यु

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।


भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई मंगलबार बिहान घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत अवस्थामा भेटिएका थिए । खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली घट्ना स्थलमा पुगेको थियो । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा भेटिएको र राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अवस्थामा मृत फेला परेको इलाका
प्रहरी कार्यालय भोजपुरेल जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया