धरान । दलितहरुको क्षमता अभिवृद्धि, कानुनी प्रावधानका कुरा लगायतका कुराहरुलाई समेटेर धरान उपमहानगरपालिका वडा नं. १६ ले क्षमता अभिवृद्धि सम्बन्धी एक दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलितहरुले राज्यबाट पाउने सेवा सुविधा, कानुनी प्रावधानका विषयमा जानकारी नहुदा पाउने अधिकारबाट समेत बञ्चित नहुन भन्ने उद्देश्यले दलितहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको धरान १६ की सदस्य मीरा विश्वकर्माले बताउनुभयो ।

तालिमको सहजीकरण गर्नुभएक विनोद विश्वकर्माले संविधानमा प्रदत्त दलितका अधिकारका विषयमा केन्द्रित भएर सहभागीहरुलाई तालिम दिएको बताउनुभयो । उहाँले सिकाएको कुरालाई व्यवहारमा उतार्न सहज हुने खालका कुराहरु तालिममा समावेश गरिएको बताउनुभयो । तालिममा सहभागीहरुले भने व्यवसायिक आत्मनिर्भर बन्न दलित समुदाय आवश्यक भएको बताएका थिए । धरान १६ वडा समितिको कार्यालयमा भएको तालिमको सहजीकरण विनोद विश्वकर्मा र दिनेश गजमेरले गर्नुभएको थियो । तालिममा धरान १६ का ३० जना दलित समुदायको उपस्थिति रहेको थियो ।
