अपांगलाई सहयोग

धरान । पुख्यौली घर भोजपुर भएका हाल उदयपुरको बेलका नगरपालिका रामपुरमा बस्दै आउनु भएका तीर्थ बहादुर विक सानै उमेरदेखि पोलियो रोगबाट ग्रस्त हुनुहुन्छ । रामपुरमा सानो मोवाइल पसल चलाएर आफ्ना सन्तानलाई बोर्डिङ स्कुल नै पठाउँदै आउनु भएका उहाँलाई जति जति रोगले ग्रस्त बनाउँदै गयो, त्यति त्यति आर्थिक अवस्था कमजोर हुदै गएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण धरान १९ मा रहेको अपांग तथा सहाय केन्द्रले उहाँलाई सहयोग गरेको छ । सानौ उमेरमा पोलियो भएपछि समस्या भोग्दै आउनु भएका विश्वकर्मा अपांग तथा असहाय पुनस्र्थापना केन्द्रले दिएको सहयोग लिन आउनुभयो । मोवाइल पसलले समेत मुनाफा दिन नसकेपछि सडक सडकमा गीत गाएर रकम सहयोग माग्दै आउनु भएका उहाँलाइ केही सहयोग पुगोस् भन्ने उद्देश्यले केन्द्रले १ थान टूाइसाइकल, एक महिना पुग्ने खाद्यान्न सामाग्री र सन्तानका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । बोर्डिङ स्कूलमा पठाउदै गरेका उहाँले आर्थिक अभावकै कारण आफन्ना सन्तानलाई बोर्डिङबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेको दुःखेसो पोख्नुभयो । अपांग तथा सहाय केन्द्रले पु¥याएको सहयोगप्रति उहाँले धन्यवाद दिनुभयो । केन्द्रले प्रत्येक महिनाको दुईपटक यस्ता व्यक्तिको पहिचान गरेर कार्यालयमै बोलाएर सहयोग गर्ने गरेको छ । निस्वार्थभावनाले सहयोग गर्दै गर्दै आएको यो संस्थाको कामलाई धरानका समाजसेवीहरुले समेत प्रशंसा गरेका छन् । धरान १ निवासी एवम् राष्टिूय वाणिज्य बैंकका पूर्व प्रबन्धक वीरेन्द्र थापाले केन्द्रले पु¥याएको सहयोगको प्रशंसा गर्दै केन्द्रको कामलाई सबैले साथ दिएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । केन्द्रका निर्देशक सुनिल खड्काले उहाँमात्र हैन यस्ता समस्यामा भएका धेरैलाई सहयोग पु¥याएको बताउनुभयो । संस्थाले उहाँजस्ता धेरैलाई सहयोग पु¥याएको बताउँदै केन्द्रले क्षमता अनुसार सहयोग गर्दै जाने बताउनुभयो । केन्द्रले अपागता भएकाको स्वाथ्य सेवा, आर्थिक अभाव भएकाहरुलाई खाद्यान्न सामाग्री, शिक्षाबाट बञ्चित भएकाहरुलाई निःशुल्क पठाइदिने व्यवस्थासँगै शैक्षिक सामाग्री वितरण लगायतका धेरै काम गरिसकेको छ । राज्यले अपांगता भएकाहरुलाई सहयोग गर्न नसकेको बेला यो केन्द्रले भने आफ्नो क्षमता अनुसार सहयोग पु¥याउदै आएको छ र यसलाई निरन्तता दिने केन्द्रको उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया