जाकिएछन् स्वाँठहरु
नेपालका खुंवार चलाख स्वाँठहरु अस्तिका दिनदेखि खोरमा जाकिएका छन् । अपच हुन्ज्याल हसुरेपछि चलाख स्वाँठहरु जाकिएका हुन् । हैन हौ खाँदा पनि यसो पच्ने गरी मात्र खानु नि † हाम्रा बाजे बराजुले त्यसै भन्या हैनन् अपच हुने गरी खाँदा कहिल्यै फाइदा हुँदैन । स्वाँठहरुले अक्टोपसले जस्तै चारै तिरबाट होहोरेर हसुर्दा जाकिएका त हुन् । आफ्नै नागरिकलाई भुटानी नागरिक बनाएर अम्रिका पठाएर करोडौ असुल्ने धन्दा चलाएका थिए । धन्दो दिन दुगुनो रात चौगुनाले चल्या थियो । तर क्यार्नु जोरीपारिले देखिसहेनन् । पर्धेनी आइमाइले जस्तै कुराको चुरो खोलिदिइ हाले । बेकामे प्रहरीलाई के चाहिन्यो ? धमाधम अँठ्याउन थालिहाले । आखिरी अपच हुन्ज्याल डकार्नेहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, इन्द्रजीत राई, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दिप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ, अरिभक्त महर्जनलाई अदालतले बाख्रालाई खोरमा हुल्दा खोर खोर भनेभझै एकमुष्ट खोरमा हुल्दिने आदेश दिएर छाड्यो । अब स्वाँठहरु खोरमा म्यारिज खेलेर बस्दा हुन् ।

बातमे दम हे
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरानका दलका जडौरी नेताहरुले हल्का फुल्का रुपमा लिएका थिए । यतिबेला दश दलका जडौरीहरु, झोलमाले सबैका लागि सम्पाङ भारी भा’छन् । जडौरीहरुको हैसियत यतिबेला राम्रोसँग देखिएको छ । हुन त जैसा करनी ऐसा भरनी त्यसै भन्या होइनन् । बर्र्षादेखि एकोहोरो लुट मच्चाउँदै आएकाहरु यतिबेला अनुहार छोपेर हिड्ने अवस्थामा पुग्या छन् । कहिले पत्रकार गुहार्छन्, कहिले अदालत गुहार्छन् । सामजिक सञ्जालमा आची निस्किउन्ज्याल गाली खान्छन् । विचराहरुको यतिबेला समय सबैभन्दा नराम्रो चल्या छ । साम्पाङलाई सामान्य सम्झेका थिए । अहिले कहाँ जुठे कहाँ जुठेकी आमाको हालतमा पुगेका छन् । अस्तिका दिन सामाजिक सञ्जालमा सम्पाङले ठोकिदिएछन् । बजेटको सामान्य विकासे काम गर्न मात्र आएको मान्छे होइन म । म यो देशमा राजनीति रनेता दुवैको परिभाषा परिवर्तन गरेर यो देशलाई उठाउन आएको मान्छे हुँ । विस्तारै थाहा हुनेछ । शुरुमै विश्वास नलाग्न सक्छ । जे होस् बातमे दम है ।
तुरिदै गएकाहरुको…
नेपाली जनताले हाक थु गरेर पर परसार्दै गएसी’ खप्परको मूल्य तोकिएका देखि सुन बुढासम्मले यतिबेला नयाँ जुक्ति निकालेका छन् । समाजवादी एकता गर्ने रे । यही नभएको जात्रा हाँडी गाउँमा भनेझै । नेपाली जनतालाई तिनका अनुहार देख्दा नि वान्ता आउँछ । हुन त जनाधार गुमाएपछि, जनताले पत्याउन छाडेका फटाहारु केही सीप नलागेसी’ एकैठाउँमा भेला हुनु स्वभाविक हो । त्यस्ता अनुहारमा खप्परका मूल्य तोकिएका प्रचण्डाउ, आफ्नै घरमा भेला आगो लगाएर खरानीको टिका लगाउने माकुने, आयाराम गयाराम बाउराम, सुनबुढा भनेर चिनिने बाउदेउ गौतम, उग्र क्रान्तकारी बनेर स्खलित भएका नेत्रविक्रम चन्द, अरुको बुई चढेर संसद तिर्ने उपिन्दर जादवले अब समाजवाली एकता गर्ने रे ।
छेरँटी लाग्दा सिंगापुर
अस्तिका दिन डँडेलधुरे काजी स्यालबहादुरलाई जोडतोडले छेरौटी लागेछ । दशथरि हसुरेपछि छेरौटी लाग्नु स्वभाविक हो । पच्नु पनि प¥यो नि । श्रीमतिमार्फत ल्याइएको भुटानी
शरणार्थीबाट ल्याइएको खजाना पनि बजाएकै छ, एनसेलले पोको पारेर पठाएको खजाना पनि बजाएकै छ । भेटे जति सबै बजाएसी’ विचरालाई छरौटी लाग्नु स्वभाविक हो । शरीरले पचाउन पनि सक्नु प¥यो नि † जथाभावि बजाएसी’ पेट त्यसै त्यसै हुडलिएर आहाइहाल्छ नि । फेरि उहाँलाई लाग्या छेरौटी सामान्य प्रकृतिको हुँदै होइन । नेपालका चिकित्सकले त भेउ नै पाउँदैनन् । त्यसैले अस्तिका दिन छेरौटीको उपचार गर्न सिंगापुरतिर दौडिएछन् विचरा ।
फेरि समस्या आयो रे
शरीरका पाटपूर्जा सबै खुकुलिएर पिण्ड खाने बेला भएकहरुको उपचार गर्दागर्दै कर तिर्ने नेपालीको टुइँके खुस्कने भयो । राम नाम जपेर पशुपतितिर धाउने बेला भएकाहरुले न मुलुक चलाउन सक्या छन् न जनताका लागि सिन्को भाँच्न सक्या छन् । कहिले राजकानीका दाना सुन्निएर दिल्ली पु¥याउनु प¥या छ, कहिले पचहत्तरे लागेर सिांपुर दौडाउनु प¥या छ । नेपाली जनताले यिनीहरु विरामी भएको समाचारमात्र सुन्नु प¥या छ । अब हेरम न शितल निवासे गुइँठे बाजेको फेरि मुटुमा समस्या आएर अस्पताल पु¥याएको छ रे । यिनीहरुलाई छिसिक्क शरीर दुख्नु हुँदेन । सकाररी खर्चमा ठाउँमा पु¥याइहाल्ुनपर्ने ? आफै झिङ्ग झिङ्ग विरामी भइरहने भएसी’ छोड्नु नि । बुढा गोरुले कोरेली रुँगेझै के रुँगेको होला ?
राष्ट्रिय भाउजुलई चोख्याए
नेपालकीराष्ट्रिय भाउजुको पगरी गुथेकी जुरआ राणा भनेको जुरआ राणा नै हुन् । शरणार्थी प्रकरणमा के के न ख्यासौला झै गरे बढो बात गर्थे । मञ्जु खाँड र जुरआ राणाको पैसामा बार्गेनिङ गरेको, पैसा बुझेको टेप नै सार्वजनिक ग¥या थे । आखिरी उन्लाई कस्ले फँसाउन सक्थे । लत्तरो हुन र जुआर राणा । त्यस्ता नाथे टेप त अरु पनि कैयन होलान् ? जनताले मात्र पत्याएर भएन । प्रहरी र अदालतले ज्यान गए पत्याए पो । टेप प्रकरणले रकम लिएको प्रमाणित गर्दैन भनेर प्रहरीले फाइलै तयारै ग¥यो । प्रहरीले तयार गरेको फाइल अदालतले नमान्ने कुरा नै भएन । जेहोस् राष्ट्रिय भाउजुलाई सर्लक्कै चोख्याएछन् । चोख्याउनै पथ्र्यौ । नत्र दाइको नाकै रहने थिएन । कि कसो हौ ?
खानकै लागि भागबण्डा
राष्ट्रिय पार्टीको समेत हैसियत नभएका एकीकृत समाजवादीका अध्येक्षे बुकुने बाजे माकुने केही दिनदेखि गनगन गर्दैथिए । धेरैले लख काटे पक्कै माकुनेले केही खोजेका हुन् । उनले गनगन गरे भने बुझ्नुपर्छ माकुनेलाई केही चाहियो । भागबण्डामा १० दल छन् । हैसियत अनुसार सबैले केही न केही लाभको पदमा आफना मान्छे भिœयाएका छन् । त्यसवापत नजराना असुलेका छन् । यसपटक माकुनेको मागमा त्रिवी सेवा आयोगको अध्यक्षे भागबण्डामा परेछ । विजय सिलवाल भन्ने ठेउकेलाई माकुनेले अध्येक्षेमा नियुक्ति गराएछन् । यतिबेला माकुने बडो खुशी छन् ।
अन्तेमा
यतिबेला नेपामा मुर्राराँगाको खुबै चर्चा चल्या छ ।जता गयो मुर्रा रागाकै चर्चा हुन्छ । ससदमा एकथरी पाखुरा सुर्केर मुर्रा रागाको बयान गर्छन, अर्कोथरि थुतुनो बङ्ग्याउँछन् । मुर्रा जातको राँगाको यति साह«ो बयान भएको छ कि भनि साध्यै छैन । बयान पनि किन नहोस्, आखिरी दिएको कस्ले हो ? ल्याएको कस्ले हो ? दिने र लिने दुवै चर्चित परेसी’ मुर्राको चर्चा नचुलिने कुरै भएन । एकथरिले मुर्राको विरोध गर्दा भने घण्टाघरको कन्सिरी तातेरआउँछ । बुझ्नुसुझ्नु केही छैन विरोध ग¥यो सिद्धियो ।
