धनकुटा धरान एकता समाजको प्रथम साधारणसभाबाट अध्यक्षमा रेग्मी

धरान । पु्ख्र्यौली थलो धनकुटाबाट विभिन्न कालखण्डमा व्यापार, व्यवसाय, अवसर तथा अन्य विविध कारणले धरान आई बसोबास गर्नुहुने धनकुटेलीहरुको साझा मञ्च धनकुटा–धरान एकता समाजको प्रथम साधारण सभाले गंगाप्रसाद रेग्मीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम साधारणसभा जेष्ठ २० गते स्थानीय पब्लिक माविमा सम्पन्न भएको थियो । आज भन्दा ठीक दुई बर्ष अगाडि अर्थात २०७८ सालमा समाज गठन भएको थियो । समाजसेवी तथा सारा फाउन्डेशनका अध्यक्ष वीरेन्द्रसिंह थापाको निवासमा भेला हुनु भएका धरानमा स्थायी बसोबास गर्नुहुने धनकुटेलीहरुले समाजको स्थापना गर्नुभएको थियो ।


आफ्नो पुख्यौली थलोमा स्वास्थ्य, शिक्षा लगायतका समाज परिवर्तनका आधारभूत सवालमा कुनै न कुनै रुपमा योगदान गर्ने उद्देश्यका साथ धनकुटा धरान एकता समाजको तदर्थ समिति गंगाप्रसाद रेग्मीको अध्यक्षतामा गठन भएको थियो । हालै सम्पन्न साधारणसभाले पुन ः रेग्मी नै अध्यक्ष रहने गरी आगामी तीन बर्षे कार्यकालका लागि सर्वसम्मतले कार्यसमिति गठन
गरेको छ । हाल गठित समाजको उपाध्यक्षमा जयप्रसाद निरौला, सचिवमा राजकुमार थापा (राजु), सह–सचिवमा नविन रेग्मी, कोषाध्यक्षमा गौरी याख्खा निर्वाचित हुनु भएको छ । यर्सैगरि सदस्यहरुमा श्याम कार्की, पूजा कर्माचार्य, विनोद घिमिरे, राजेशमान श्रेष्ठ र दलबहादुर परियार रहनु भएको छ । समाजको प्रथम साधारण सभाको समुद्घाटन भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेले गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रा.डा न्यौपानेले भन्नुभयो आफ्नो पुख्र्यौली थाँतथलो सबैलाई प्यारो लाग्छ र लाग्नुपर्छ । पछिल्लो दिनमा बसाई सरेर हिडेकाहरु पुन ः कहिल्यै पुख्र्यौली थलो नफर्किने प्रवृत्ति बढेको उहाँले बताउनुभयो । समाज जुन पवित्र उद्देश्यका साथ स्थापना भएको छ । विगतमा गरेका स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यले प्रमाणित गरेको उहाँले बताउनुभयो । समाजका सचिव राजकुमार थापा (राजु) ले सांगठनिक एवम् कार्य प्रगतिका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले भन्नुभयो धनकुटा धरान एकता समाजमा हाल ११८ जना आजीवन सदस्य र दुई जना संरक्षक सदस्य रहनु भएको छ । आगामी दिनमा यो संख्या बढ्ने र पुख्यौली थाँत थलोमा समाजले उदाहरणीय कार्य गर्ने बताउनुभयो । सो अवसरमा पब्लिक माध्यामिक विद्यालयका प्रद्यानाध्यापक इन्द्रमोहन झा, डा. गोपाल भण्डारी, उमेश थापा, आनन्द आचार्य, विजय श्रेष्ठले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष बासुदेव भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष जयप्रसाद निरालाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया