नयाँदिल्ली (एजेन्सी) । भारतको नयाँ संसद भवनको भित्तामा कुँदिएको अखण्ड भारतको भित्ते चित्रको सम्बन्धमा नेपालका एकथरि राजनीतिक व्यक्तिहरुले विभिन्न प्रकारका असान्दर्भिक टिप्पणी गरेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले सो को जवाफ दिनु भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारतको चारदिने भ्रमणका क्रममा नेपालको लुम्बिनी र कपिलवस्तु समेतलाई भित्ते चित्रमा अंकित गरिँदा समेत कुनै चासौ नभएको भन्दै टिप्पणी भएपछि प्रवक्ता अरिविन्दमले भित्ते चित्र राजनैतिक नक्सा नभएको प्रष्ट पार्नुभएको थियो ।
संसारकै नमूना संसद भवनको रुपमा रहेको भारतको नयाँ संसद भवनमा अंकित नक्साका सम्बन्धमा नियमित साप्ताहिक पत्रकार सम्मेलनमा अरिविन्दम बागचीले सो कुरा बताउनु भएको हो । अंकित चित्रले अशोकको साम्राज्य विस्तारलाई देखाएको मात्र हो । भित्ते चित्रमा अफगानस्थान, श्रीलंका, म्यानमार लगायतका स्थानका ऐतिहासिक स्थलहरुसमेत समेटिएको छ ।
