आश्वस्त पार्न आग्रह

धरान । बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुको आइतबार बसेको संघर्ष समितिले सात दिनभित्रमा बचतकर्ताहरुलाई आश्वस्त पार्न आग्रह गरेको छ । बराह बचत तथा ऋण सहकारी संस्थामा १८ हजार बचतकर्ताको ७ अर्ब रुपैयाँ डुबेको छ । संघर्ष समितिका एक सदस्यले दिनु भएको जानकारी अनुसार जीवनभरिको कमाई, आफना छोरा छोरीले विदेशबाट आर्जन गरी पठाएको  रकम, पुख्यौली सम्पत्ति बेचबिखनबाट आर्जित रकम बराहामा राखेका थिए । ७ अर्ब बचतकर्ताको रकम मात्र होइन सञ्चालकहरुले पासबुक या मौखिक जवानीमा ७५ करोड आन्तरिक लगानी समेत गरेको उहाँले बताउनुभयो ।


संघर्ष समितिका अर्का सदस्यका अनुसार बराहको दुई अर्ब रुपैया बैंकको सावाँ ब्याज मात्र पुगेको छ । उहाँले भन्नुभयो बराह बचत तथा ऋण सहकारी संस्थामा पासबुकवाला निक्षेपकर्ताको संख्या साढे १३ हजार रहेका छन् भने सहकारी सदस्यको संख्या ५ हजार  रहेका छन् । आफूले गरेको निक्षेप असुलीका लागि विगत दुई बर्षदेखि मूल संघर्ष समिति र वडा स्तरीय संघर्ष समितिले आन्दोलन गर्दै आएको छ । संघर्ष समितिको आइतबार बसेको बैठकले बराहका अध्यक्ष शिव लामिछानेलाई निक्षेपकर्ताहरुलाई आश्वास्त पार्न आग्रह गरेको संघर्ष समितिका अर्का सदस्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया