धरान । धुलो, धुवा, हिलो र खाल्डाखुल्डीका कारण सास्ती भोग्नुपरेको पीडालाई मध्यनजर गरी छ लेन बाटो समयमै निर्माण नभएको भन्दै सुनसरी उद्योग वाणिज्य संघ धरानले सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाएको छ । समयमै सडक निर्माण नहुदा सर्वसाधारणले सस्ती भोग्नुपरेको भन्दै उनीहरुले ६ लेन बाटो अन्तर्गतको तरहरा धरान सडक हेर्ने कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका हुन् ।
लामो समयदेखि त्रिदेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडक आयोजना अन्तर्गतको इटहरीको तरहरादेखि सेउतीपुलसम्म बाटो नबन्दा सर्वसाधारण, व्यापारी, व्यवसायी, यातायात व्यवसायी, चालक तथा एम्बुलेन्स चालकहरुले सास्ती भोग्नुपरेको भन्दै संघले कार्यालयमै गएर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र पढ्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले रानी विराटनगर किमाथांका सडक अन्तर्गतको तरहरादेखि सेउतीसम्मको सडक निर्माण ढिला भएको र ढिलासुस्तीका कारण सबैले सास्ती भोग्नुपरेकाले चाडो निर्माणका कारण सवारी चालक, विरामी बोकेको एम्बुलेन्स , व्यापारी व्यवसायीको सामानामा टुटफुट आउने, धुलोका कारण सर्वसाधारणमा स्वास्थ्यमा प्रतिकूल असर परेको लगायतक समस्या भएकोले सडक चाडो निर्माण गर्न माग गर्नुभयो । ज्ञापनपत्र बुझिसकेपछि बोल्दै सडक डिभिजनक कार्यालय अन्तर्गत ७ लेन इटहरी धरान खण्ड अन्तर्गत हेर्ने जिम्मा पाउनु भएका डिइ दानकुमार शाक्यले ०७७ सालमै सम्झौता भएर ०८० असार मसान्तसम्ममा सकिनुपर्ने भएपनि ठेकेदारका कारण निर्माण हुन नसकेको बताउनुभयो । उहाँले ठेकेदार कम्पनीले आयोजनामा व्यापाक घाटा लागेको गुनासो पोख्दै ठेकेदार कम्पनीलाई बनाउन तागेदा गर्दा ठेकेदारले बनाउन नसक्ने सडककै कारण आत्मा हत्या गर्नेसम्मका अवस्था आएको बताउने गरेको डिइ शाक्यले बताउनुभयो ।े ठेकेदारले पेटूोल र डिजलसहित आर्थिक अभाव भएकोले बनाउन नसकिने बताउदै आएको डिइ शाक्यले बताउनुभयो । यता जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले
तराहरा धरानको बाटो समयमै नबन्दा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँले दुर्घटनाको कारण सडकमात्र नभए पनि समयमै सडक नबन्नु पनि दुर्घटनाको प्रमुख कारण भएको बताउनुभयो ।
जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरादेखि सेउतीसम्मको सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का लिएको छ । यो सडकको लागत १० अर्ब ५८ करोड तोकिए पनि समयमा पूरा नहुँदा लागत पनि बढ्ने देखिएको छ । कोरोना संक्रमण, मजदुरहरुको होलि डे लगायतका कारणले लागत बढेको हो । यो सडक समयमै निर्माण नहुने हो भने भविष्यमा यसले ठूलो दुर्घटना निम्त्याउने खतरा बढेको छ । यसतर्फ सम्बन्धित पक्षले बेलैमा सोच्ने बेला आएको छ ।
