सडकको गुणस्तर चेक गर्दै धरान उपमहानगरपालिका

धरान । बनेका सडकहरु कमसल भएको र चाडै बिग्रने गुनासो व्यापक बढेपछि धरान उपमहानगरपालिकाले सडक बोर्डसँग समन्वय गरेर अनुगमन थालेको छ । विगतमा सडकको गुणस्तर नहुदा बनाएको छाटो समयमा विग्रने, कालोपत्रे उप्कने लगायतका समस्या देखिएपछि उपमहानगरपालिकाले अनुगमनलाई तिब्रता दिएको हो । धरान उपमहानगरपालिकाले निर्माण गरिरहेका भौतिक पूर्वाधारहरु प्राविधिक पक्षबाट अनुमोदन गरेपछि मात्रै अनुमोदन गर्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाले प्राविधिकसहितको टोलीले अनुगमन थालेको हो । पहिलो चरणमा उपमहानगरपालिकाले धरानभित्र निर्माण गरिउका कालोपत्रे सडकको सडक बोर्डसँग समन्वय गरेर प्राविधिक गुणस्तर चेकजाँच गरिएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी दिनुभयो । उहाँले निर्माण शुरु हुदादेखि नै अनुगमन कार्यलाई तिब्रता दिइएको र निर्माण सम्पन्न भइसकेपछि पनि प्राविधिक ज्ञानको कमीले सडकको गुणस्तरीयताबारे सबैलाई जानकारी नहुने भएकोले प्राविधिक चेकजाचलाई तिब्रता दिएको बताउनुभयो ।


धरान १३ जिरोप्वाइन्टदेखि फुस्रेसम्म पुग्ने सडकको कालोपत्रे सडक, धरान १५ सदनस्कुलदेखि धरान ३ माछा भौडीसम्मको बाटोे परीक्षण गर्दा मापदण्डमा भएभन्दा गुणस्तरीय पाइएको उपमेयर बेघाले बताउनुभयो । उहाँले मापदण्डमात्र हैन यसको सम्पूर्ण टेष्ट भइसकेपछि मात्र अनुमोदन गरिने बताउनुभयो । धरानका सडकको कालेपत्रे समयमै सकेर गुणस्तरीय सडक निर्माणका लागि थालिएको प्रयासलाई साथर्कता दिनको लागि गुणस्तरीयता चेकजाँच गरिएको सडक समन्वय समितिका अध्यक्ष सर्वजित राईले बताउनुभयो । उहाँले सडक चौडा बनाउने क्रममा ४३ वटा घर भत्काइएको बताउदै सदन रोडदेखि माछाभौडी सम्मको सडक कालोपत्रे गर्नका लागि ३ करोड २२ लाख (भ्याटसहित) बजेट भएको बताउनुभयो । ०८१ माघसम्म सडकको कालेपत्रे निर्माण गरिसक्ने म्याद रहेको सडक विस्तारसँगे कालोपत्रे सडक निर्माण ०७९ भदौ महिनादेखि शुरुवात गरिएको बताउनुभयो । प्राविधिक टोलीसँगै सबैको सहभागितामा धरान १५ सदन स्कुदेखि धरान ३ माछा भौडीसम्मको सडक अनुगनको क्रममा गुणस्तरीय भएको पाइएको धरान उपमहागनरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले बताउनुभयो । उहाँले यसको ल्याब टेष्ट भएपछि यो बाटोको अनुमोदन गरिने बताउनुभयो । अनुगमनमा खटिएका धरान उपमहानगरपालिकाका इन्जिनियर सौहाद्र्ध श्रेष्ठले धरान उपमहानगरपालिकाले टेन्डर आवहान गर्दा भ्याट बाहेक २ करोड ८० लाख रुपैयामा ठेक्का दिएको बताउदै सदन रोड ३ सय ३५ मिटर र सदन स्कुलदेखि चौविसे समाजसम्मको बाटो १ सय २४ मिटर गरी ४ सय मिटर लम्बाईको बाटो कालोपत्रे भएको बताउनुभयो । उहाँले ४० एमएमको कालोपत्रे निर्माण हुनुपर्नेमा ५० एमएम भन्दा माथि नै अनुगमनका क्रममा पाइएको बताउनुभयो । उहाँले सबैको साथ सहयोगले बनेको सडक गुणस्तरीय भएको पाइएको बताउनुभयो । विगतमा गुणस्तरीय सडक नबनेकै कारण बनिएका केही समय पछि भत्किने् गरेको थियो । ठेकेदार कम्पनीलाई ठेक्का दिने अनि अनुगमन नगर्ने प्रवृत्तिले सडक गुणस्तरीय हुन सकेको थिएन । यसपटक देखि भने धरान उपमहानगरपालिकाले विभिन्न प्राविधिक टोली, इन्जिनियर लगायत स्थानीय जनप्रतिनिधिसहितको टोलीले अनुगमन थालेको हो । अनुगमनपश्चात ल्याब टेष्ट समेत हुनेछ र ल्याव टेष्टमा पनि राम्रो् नतिजा आएमा बाटो अनुमोदन हुने बताइएको छ । यो परिपाटीको विकासले विगतको जस्तो गुणस्तरहीन बाटो निर्माणको काम बन्द हुने अपेक्षा धरानेहरुले समेत लिएका छन् ।

तपाईको प्रतिक्रिया