विराटनगर । कोशी प्रदेशका बिभिन्न जिल्लाहरुबाट नियन्त्रीत लागूऔषध ब्राउनसगुर सहित आईतवार १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सिट समूहबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका–९ सलकपुरबाट स्थानीय २६ बर्षीय मोहमद अस्लाम र २५ बर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट अर्जुनधारा नगरपालिका–१० का ३० बर्षीय बिक्रम लिम्बु र फिदिम नगरपालिका–१ का ३४ बर्षीय मदर मगर ३६ ग्राम लागूऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद २ हजार ५३० सहित पक्राउ परेका हुन् भने झापाकै भद्रपुर नगरपालिका–७ बाट स्थानीय ३७ बर्षीय अजित विश्वकर्मा २ ग्राम १२० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । विश्वकर्माको साथबाट प्रहरीले ३ थान डिजिटल तराजु र बिभिन्न कम्पनीका १६ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी इलामको ईलाका प्रहरी कार्यालय पशुतिनगरबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका–९ का २७ बर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका–१ का २५ बर्षीय बिमल लिम्बु र सन्दकपुर गाउँपालिका–४ का २७ बर्षीय निशान गुरुङलाई १९ ग्राम ३३० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । झापाबाट मोटरसाईकलमा इलाम तर्फ जाँदै गरेका उनीहरुलाई ईलामको छिपिटारमा चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट उक्त परिणामको ब्राउनसुगर, लागुऔषध ट्याब्लेट नाइट्रेजाम १० ट्याब्लेट, नाभ्याकट ६ बट्टा र ६ थान मोवाइल समेत बरामद गरेको छ । यसैगरी भोजपुर नगरपालिका–६ का ३८ बर्षीय सन्तोष बराईली टेम्केमैयुम गाउँपालिका–३ बाट १ ग्राम ९७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बराईलीलाई आईतवार बिहान पक्राउ गरेको हो । यता मोरङको केरावारी गाउँपालिका–६ कालापनीबाट स्थानीय २७ बर्षीय विधान राईलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले राईलाई स्सपेन १६० पिस र ट्रमाडोल १६० पिस गरी जम्मा ३२० पिस ट्याबलेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
