धरान । साहित्यिक अनुसन्धान परिषद् नेपाल धरानद्वारा लेखन क्षेत्रमा समर्पित आधा दर्जन भन्दा बढी श्रष्टाहरुलाई शनिवार सम्मान गरिएको छ । वि.सं. २०५६ सालमा स्थापना भएको साहित्य अनुसन्धान परिषद्ले यस पटक कवि अमरबहादुर बर्मा लगायत स्रष्टासँगै सामाजिक अभियन्ता, समाजसेवी एवम् चिकित्सक डा. खालिद हुसैन हकलाई समेत सम्मान गरेको छ ।

जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टका अध्यक्ष समेत रहनु भएका डा. हुसैनलाई साहित्य अनुसन्धान परिषद नेपालको संस्थापक उपाध्यक्षको भूमिकामा रहेर साहित्यको सेवा गरेको भन्दै सम्मानपत्र प्रदान गरेको छ । साहित्य अनुसन्धान परिषद् नेपालका अध्यक्ष प्रा.डा. खेमराज खनाल अध्यक्ष रहनु भएको परिषद्ले डा. हुसैनलाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ, तपाईले कविता विद्यामा कमल चलाउनुका साथै राजनैतिक समसायिक टिप्पणी, लेख र व्यांग्य सिर्जना गरी साहित्य क्षेत्रलाई मलजल गर्दै आउनु भएको छ । सम्मान पत्रमा भनिएको छ तपाईका फुटकर रचनाहरु विभिन्न सञ्चार माध्यमहरुमा समय समयमा प्रकाशित भइरहेको छ । तसर्थ नेपाल साहित्य अनुसन्धान परिषद् नेपालले तपाईको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गर्दछ, सम्मान पत्रमा भनिएको छ । सो अवसरमा डा. खालिद हुसैन हकले धरान १८ स्थित विमल स्मृति पुस्कालयलाई दुईवटा पुस्तक उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।
