अन्तर्राष्ट्रिय स्तरको महिला कराते प्रतियोगिता धरानमा

धरान । धरानमा विगतमा अन्तर्राष्टिय छवि बनाउन सफल कराते प्रतियोगिता राज्यको असहयोग, विविध प्राविधिक कारण लगायतले हुन नसक्दा अहिले यसलाई निरन्तता दिन कराते खेलमा लागेकाहरुले प्रयास थालेका छन् । विगतमा भारत लगायत तेस्रो मुलुकबाट समेत सहभागिता जनाएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिता १६ बर्षपछि राष्टिूय महिला कराते प्रतियोगिताको रुपमा आयोजना गर्ने आयाजकले तयारी थालेको छ । २०३४ सालमा थानेश्वर राईले धरानमा कराते खेलको शुरु गर्नुभएको हो । सितारियो कराते संघ धरान गठन भएपछि ६ बर्ष पछि अर्थात २०५० सालमा पहिलो पटक अन्तर्राष्ट्रिय  कराते प्रतियोगिताको आयोजना भएको थियो । करातेका गुरु हेम पुनको प्रयासमा स्थानीय बक्सिङ विनोदकुमा राइको संयोजकत्मा भएको पहिलो प्रतियोगितामा नेपालका १४ अञ्चल, भारतको नयाँदिल्ली, पट्ना, दार्जिलिङ, सिक्किम र आयोजक टिम धरानको सहभागिता रहेको थियो । त्यसबेला धरानले अन्य प्रतिष्पर्धीलाई उछनेर पहिलो बनेको थियो । तर त्यस यता विविध कारणले प्रतियोगिता हुन सकेन । १४ बर्षपछि एकैपटक २०६४ सालमा दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘बीपी मेमोरियल कराते प्रतियोगता’ को नामबाट शुरु भएको थियो । त्यसबेला श्रीलंका, बंगलादेश, भुटान, भारतको मेघालय आसामन, सिक्किम तथा नेपालका विभागीय टिम नेपाल आर्मी टिम र पाँच विकास क्षेत्रको टिमसँगै आयोजक धरानले सहभागिता जनाएको थियो । त्यसबेला आयोजक धरान ५ स्वर्ण ३ रजत र ३ कास्य प्राप्त गर्दै पहिलो स्थान हात पारेको थियो । यस्तै  भारतको मेघालय ४ सर्वा २ रजत पदको साथ दास्रो र नेपाली सेना १ स्वर्ण ५ रगत र २ कास्य पदकसहित तेस्रो स्थान हात पारेको थियो ।


अन्तर्राष्ट्रिय छवि बनाउन सफल यो प्रतियोगिता आर्थिक अभाव, कोभिड महामारीका कारण त्यसपछि हुन सकेन । पुनः अहिले १६ बर्ष पछाडि अर्थात २०८० सालमा  अन्तर्राष्ट्रिय प्रतियोगिता ‘बीपी मेमोरियल महिला राष्ट्रिय कराते प्रतियोगिता २०८०’ नामबाट यही जेष्ठ २६ देखि २७ गतेसम्म धरान रंगशालाको सेमी कभर्ड हलमा हुने भएको छ । ‘महिला हिँसा विरुद्धको आज तथा महिला रुची महिला सहभागिता’ भन्ने नाराकाका साथ हुन लागेको प्रतियेगिता अन्तर्राष्ट्रिय स्तरबाट राष्ट्रिय स्तरमा झरेको छ । सितारियो कराते संघ धरानका अध्यक्ष एवम मुल आयोजक कमिटीका अध्यक्ष कुवेरमान राईले पूर्वमा झापा र सुनसरीले अन्तर्राष्ट्रिय स्तरमै  कराते खेलको प्रतिनिधित्व गर्दै आएको बताउनुभयो । कार्यक्रमलाई निरन्तता दिन भएपनि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विगतका बर्षहरुमा नै यसलाई  निरन्तता दिने भनिए पनि कोभिड महाकारी, बन्द हड्ताल आदिका कारण गर्न नसकिएको सचिव निर्मलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  अन्तर्राष्ट्रिय प्रतियागितालाई
निरन्तता दिन नसक्नुको कारण स्थानीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयल लगायत प्रायोजन समेत नगर्ने भएकाले विगतको कराते खेलको शाखलाई जोगाउन कठिन भएको सितोरियो कराते संघ धरानका संरक्षण किशोर राईले बताउनुभयो । प्रतियोगितामा ७ वटै प्रदेश, विभागीय खेलाडी नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी  गरी ११ वटा टिमले सहभागिता जनाउने भएका छन् । सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा ३५, ४०, ४५, ५०, ५५, ६१ ६८ र ३८ केजी भन्दा माथिका १÷१ जना खेलाडीले सहभागिता जनाउने भएका हुन् ।  प्रतियोगितामा प्रथम हुने टिमले १ लाख, दोस्रो हुने टिमले ७५ हजार र तृतीय हुने टिमले ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । विगतको साखलाई फर्काउन भएपनि प्रतियोगितालाई निरन्तता दिन कराते प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । उनीहरुले प्रतियोगितालाई माथि उठाउन युवा खेलकुद मन्त्रालय, खेलसम्बन्धी विभिन्न सघ संस्था र तीनै तहका सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया