घण्टाघरबाट हेर्दा

सम्पूर्ण पापकर्मबाट मुक्त
हाम्रा देशका पर्धानमन्तरी प्रचण्डाउ भन्या प्रचण्डाउ नै हुन् । जस्तो आँगन त्यस्तै नाच्न जान्ने । अझ बोलीको त बखानै नगरुम । हैट † प्रचण्डाउको महिमा गाउन लत्तरोले त ज्यान गए नि सक्दैन । हजार जिब्रा भएका शेष नाग नै चाहिन्छ । अब हेरम न प्रचण्डाउले आजसम्म नेपालमा भैसीको पूजा गर्नुबाहेक कुनै मठ मन्दिरमा गएर पूजा ग¥या कसैलाई थाहा छैन । अरु मठ मन्दिर त छोडौ पशुपति नाथको मन्दिरमा समेत गएर प्रचण्डाउले एउटा धुप बाल्या छैनन् । तर भारत भ्रमनमा गएसी’ प्रचण्डाउ अब प्रचण्डाउ नै रहेनन् । मध्ये प्रदेशको उज्वेन पुगेर सबलाई आश्चर्यमा पूर्णे पुगेर प्रचण्डाउले रुप परिर्वत गरेका छन् । पूरा गेरुवस्त्र धारण गरेर एकाउन्न हजार भेटी चढाएर १०५ केजी रुद्राक्षको माला अर्पण गरेर उत्पातै ढंगले पूजा अर्चना गरे । पूजा अर्चना हम्मेसी नगर्नु । गरेसी’ गरेसी प्रचण्डाउले झै गर्नु । त्यो नि भारतको प्रख्यात मन्दिरमा गएर । जे होस् प्रचण्डाउले आफूलाई सम्पूर्ण पापकर्मबाट मुक्त गरेका छन् । लौ बधाई छ ।


चाकडी नै गर्दा विकको….
नेपालको राजनीतिमा चाकडी नगरी अवसरका ढोकाहरु कहिल्यै खुल्दैन यो कुरा आयाराम नमी विकले मज्जाले बुझ्या छन् । एमालेको स्कुलिङबाट आएको हुनाले थुतुनो फडकार्न तिनले मज्जाले जान्या छन् । त्यो थुतुनो फड्कार्ने कलासँगै हात मोलेर सास्टाङ्ग दण्डवत गरेर झुक्न तिनले विद्यावारिधी नै ग¥या छन् । राष्ट्रिय दाजु रिसाए राष्ट्रिय भाउजु खुशी पार्ने, राष्ट्रिय भाउजु रिसाए राष्ट्रिय दाजु खुसी बनाउन ती पोख्त छन् । त्यै भएर यतिबेला काम विहीन भा’का नमी विकलाई राष्ट्रिय भाउजुकै करकापले नेप्लिज लाँग्रेसको प्रचार विभाग संयोजक बनाइद्या छ रे । आखिरी नेपालको राजनीति यस्तै पात्रहरुले त धानेको छ नि ।
भुत्लाकृष्णको इन्कार
पूर्व घरेलुमन्त्री भुत्ला कष्णेलाई प्रहरीले अस्तिका दिन अदालत उभ्याएछ । तमाम सबुदका बाबजुद भुत्ला कृष्णेले अदालतमा झुटो बयान दिएछन् । भुत्ला कृष्णेले भनेछन्
मेरो राजनीति सिध्याउन राज्य नै लाग्यो । क्या गज्जब छ सक्कली नेपाली हो भन्ने जान्दाजान्दै नक्कली भुृटानी शरणार्थी बनाएर थैलो भर्दै आका भुत्लाकृष्णेको धन्दाको सबैले बुझेकै छन् । राज्य नै यिनेरको हातमा छ । अनि राज्यले फसाउन लाग्यो  रे । हुने कुरा पो गर्नुपर्छ त । अदालतलाई नि त्यसरी दिनदहाडै ढाँट्नु भएन नि ।
विधि र नियममा…
लौह पुरुष गणेशमानसिंहका गठ्ठे पुत्र प्रकाशमान सिंहले नेपाली काँग्रेस विधि र नियममा चल्न सकेन भन्दै हाब्रो खोलेछन् । अब गठ्ठे सिंहलाई के पुगेन कुन्नि ? केही नपुगेको अवस्थामा गठ्ठे सिंह हाब्रो खोल्छन् भन्ने कुरा नेपालमा उम्रेदेखि खुम्रेसम्मकालाई भलिभाँति थाहा छ । अब पक्कै गठ्ठे सिंहलाई मन्तरी चाहिया होला ? घरमा राजनीति लाभको पद नभएकोले विचरालाई छट्पटी भएको होला । महानगरपालिकाको निर्वाचनमा श्रीमतिलाई बालेनले नमिठो चिप्लाई दिए । यतिबेला लाँग्रेसकै समर्थनमा सरकार छ । यसो गतिलो मन्त्रालय पाए आनन्दित हुने थियो भन्दै विचरा विधि र नियमका कुरा गर्न थाल्या  छन् । विचरा †
गनेले लोपरिदियो
छाती फुलाएर लुट्न नपाएसी  बारम्बार व्यवस्था परिवर्तन गरी गने व्यवस्था ल्याए । गने व्यवस्था ल्याएसी’ जनता झन झन मारमा परेका छन् । के नपरुन त ? हिजो तिनै गनेहरुलाई उफ्री उफ्री सडकमा ढुंगा हान्न सघाएका थिए । आज वित्थामा  ्रगरिएछ भनेर पुर्पुरोमा हात राखेर के गर्नु ? हगिसक्यो दैलो देख्यो भनेजस्तो । अब हेरम न न्यायका लागि नेपालाँ न्यायालय नै नचाहिने भएछ । गठबन्धनका गोडातिनेक तिघ्रेले ख्याँस ख्याँस लेखेर राष्ट्रपतिकहाँ पठाइदियो, तुरुन्तै र्फैसला आइहाल्छ । अब त्यत्रा न्यायाधीश, सरकारी वकिल पाल्नुपर्ने झन्झटै हुँदैन । गनेले अरु के के देखाउँछ हेर्दै जाम ।
सर्पनाथ खनालको आक्रोस
यसपालि सर्पनाथ खनाल आच्या झलनाथ खनाल निक्कै चर्चामा  आए । बुढेसकालमा थुतुनो चिलाएर जथाभावि बक्न थालेसी’ सर्पनाथलाई लगौटीको कन्दनी खुस्किउन्ज्याल गालीको बर्षा भएछ । सर्पनाथ विशालु छने भन्ने कुरा गाली गर्नेहरुलाई पत्तो नहुँदा विचराहरुले अलिकति दुःख पाउनुप¥यो । सत्तापक्षेका विशालु भएपछि तिनको ताइतुई त बढ्ने नै भयो । अनाहकमा गोडा दशसेक जनालाई पक्राउ गर्न लगाएछन् । क्या वात सर्पनाथ खनाल ज्यू ।
माकुनको चालचुल छैन
घण्टाघर पनि कहिलेकाहँी आफ्नो मुख्य कामबाट बहकिन थाल्या छ । को कता गयो, को हरायो भन्ने चिन्ता किन ग¥या होला ? हुन त देशका मैमत्त मासिनहरुको चियोचर्चो गर्नु घण्टाघरको कामै
हो । अब हेरम न बुङ्चे बुङ्चे प¥या, स्यालबहादुरको लगौटीको फुर्को अँठयाएर पछि पछि हिड्ने गरेका, कहिले जडङ्ग गर्ने, कहिले सरकार गिरिाइदिन्छु भनेर चिच्याउने माकुनेको हिजोआज अत्तोपत्तो
छैन । प्रचण्डाउ भारत भ्रमणमा त्यत्रा जन्ता लिएर घुमीवरि आइसके तर माकुनेको केही अत्तोपत्तो छैन । हैन हो माकुने ओथारोमा बसेछने् कि क्या हो ? नत्र त यसो चालचुल हुनुपर्ने हो । बिना ढेउवा, बिना भिषा युवाहरुलाई विदेश पठाउने धन्दामा पो लागे कि ?
अन्तेमा
बाह्र छोरा तेह्र नाती बृद्धबृद्धाको गति छतिपति त्यसै भन्या हैन रै’छ । हाम्रातिर कसता कस्ता परिवार छन् । जेठो छोरो कहाँ छ भनेर सोध्यो भने क्या गजक्क परेर जवाफ दिन्छन् लण्डनम बस्छ । जेठी बुहारी अमेरिकाको न्यूओर्कमा छे । छोरी मेलवर्नमा पूरा घर किनेर बसेकी छे रे । अनि गजक्क परेर जवाफ दिने बृद्धालाई लाष्टाँ सोध्या बा तपाईचाहिँ कता त ? बृद्धाश्रम रे । क्या छ ? नेपालीको खुशी रे । त्यत्रो सन्तानले बृद्धबृद्धालाई बृद्धाश्रममै थन्याउन नै विदेश हुइँकिएका रा’न् । कि कसो हौ ?

तपाईको प्रतिक्रिया