कोशी प्रदेश सांसद भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप : दर्जनौ घाइते

विराटनगर । प्रदेश नं. १ को नाम वहुमतको दम्भमा ठूला राजनीतिक पार्टीले कोशी प्रदेश नामांकन गरेको विरुद्धमा आन्दोलनरत पहिचानवादी र प्रहरीबीच आइतबार विराटनगरमा भएको झडपमा दुवै पक्षका दर्जनौ घाइते भएका छन् । प्रदेशसभाको बजेट अधिवेशन शुरु सँगै पहिचानवादीहरुले आन्दोलनलाई सशक्त बनाएका थिए । झण्डै ५० हजारको हाराहारीमा पहिचान पक्षधरहरु विराटनगर पुगेका थिए । इतिहास र पहिचानका आधारमा प्रदेशको नामाकन हुनुपर्ने माग गर्दे आएका पहिचानवादी र प्रहरीबीच विराटनगरको देवकोटा चौकमा झडप भएको थियो ।


संघीय लिम्बुवान राष्ट्रिय मञ्च नेपालका सुनसरी इन्चार्ज भुपेन्द्रसुन्दर लावतीका अनुसार  प्रहरीले निषेधित तोडेको बहानामा पानीको फोहोर, लाठ्ठीचार्ज गर्दा दर्जनौ आनदोलनकारीहरु घाइते भएका
थिए । उहाँले भन्नुभयो प्रहरीतर्फ पनि आधा दर्जन बढी घाइते भएका छन् । आन्दोलनकारीलाई रोक्न प्रदेश सरकारले विराटनगर प्रवेश गर्ने अधिकांश नाकाहरुमा चेकजाँचलाई कडा बनाइएको थियो भने विराटनगरका पाँच स्थानमा निषेधाज्ञा जारी गरेको थियो । प्रहरीले धरानको तीनकुने, इटहरी, दुवी, पुष्पलाल चौक, पथरी, बेलबारी, कानेपोखरी, विराटचौकमा चेकजाँच कडा बनाएको थियो । आफूहरुको आन्दोलनमा नियोजित रुपमा प्रदेश सरकारले द्वन्द्व निम्त्याउन खोजेको लावतीको आरोप थियो । यहाँ स्मरणी कुरा के छ भने बाहिर पहिचानवादीहरुको आन्दो्लन चलिरहँदा प्रदेश सांसद भवनभित्र सत्तारुढ र अन्य दलका सांसदहरुले परिस्थिति गम्भीर बन्दै गएको भन्दै सरकारले आन्दोलन पक्षधरसँग वार्ता गर्नुपर्ने बताएका थिए । यता झडपमा आन्दोलनकारीतर्फ मनकुमार थेगिम, चन्द्र सावा, खड्ग योङहाङ, भीमराज लिम्बु, सञ्जय राई, भवानी विक्रम शेर्मा, सोनाहाङ राई, सामी पालुङ्वा, विकेश राई, अशोक क्षेत्री घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया