इटहरी । पूर्वाञ्चलकै पहिलो र ब्राण्डेड डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्ट स्टोर इटहरीले सञ्चालनमा ल्याएको होटल गोरखाले आफ्ना ग्राहकहरुलाई पाँचतारे होटलकै सेवा सुविधा उपलब्ध गराउँदै आएकै कारण हाल ८० प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको छ । डिपार्टमेन्ट स्टोरले डेरी, अर्गानिक कृषि उपत्पादन, बेकरीसँगै ४० करोडको लागतमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी गोरखा होटल सञ्चालनमा ल्याए पनि विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण सञ्चालनमा व्यवधान उत्पन् भएको थियो । नौ तलाको उक्त होटलमा स्विट्स, डिलक्स र अन्य गरी ४२ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । कोरोनाको कहर अन्त्यसँगै यतिबेला गोरखा होटलप्रति पाहुनाहरुको आगमन बाक्लिएको छ । गोरखा होटलको व्यवस्थापनको जिम्मेवारी लिनु भएका कुशल होटल म्यानेजमेन्ट सुजन पाण्डेका अनुसार वर्तमान आर्थिक मन्दीको अवस्थमा समेत होटलमा ८० प्रतिशत भन्दा बढी अकुपेन्सी रहनु अत्यन्तै सवल पक्ष हो । दुई वटा हलहरुमा निरन्तर कार्यक्रम भइरहेको छ । आर्थिक मन्दीमा पनि राम्रो र सन्तोषजनक ढंगले चलिरहेको छ




अहिले होटलमा आउने पाहुनाहरु कहाँ–कहाँबाट आइरहनु भएको छ भन्ने सवालमा पाण्डेले भन्नुभयो काठमाण्डौ, पोखरा र भारतबाट आइरहनु भएको छ । स्थानीयहरु एकदमै छिटपुटमात्र हो । धेरैजसो ३० प्रतिशत काठमाण्डौ, ३० प्रशित गोरखा र अन्य भारतीय पाहुना नै आइरहनु भएको छ । उहाँहरुले अगाडि नै अनलाइन बुक गर्नुहुन्छ कि भन्ने सवालमा उहाँले भन्नुभयो कसैले अनलाइन बुक नै गर्नुहुन्छ । कसैले अनलाइनमा हेरेर कम्पनीको नाममा फोन गर्नुहुन्छ । सर्बैसँग अनलाइन बुक गर्ने कुरा पनि नहुन पनि सक्छ । कसैले इन्टरनेटमा होटल हेरेर होटलका फिडब्याक हेरेर पनि बुकिङ
गर्नुहुन्छ । तर हाम्रोमा के छ भने जुन पाहुनाहरु गोरखामा आइरहनु भएको छ । उहाँहरुकै रिफ्रेन्सबाट धेरै गेष्टहरु आइरहनु भएको छ । उदाहरणका लागि पहिला एक जना आउनु भयो त्यसपछि तपाईले अरु १० जनालाई इटहरीमा जाँदा गोरखाको बारेमा बताइदिनु भएको छ । त्यस्ता गेष्टहरु पनि होटल गोरखामा रिपिट हुनु भएको छ । त्यसरी आउनु भएका पाहुनाहरु होटलको सेवा सुविधाबाट सन्तुष्ट हुनुहुन्छ ? कुनै कम्प्लेन छैन ? भन्ने सवालमा त्यस्तो अहिलेसम्म देखिएको छैन । तर होटल हो कहिलेकाही कम्प्लेन आउँदैन भन्न मिल्दैन तर कम्प्लेन एकदमै न्यून छ । हाम्रोमा रिपिटर गेष्टहरु फर्केर आउनु भनेको होटलको सेवा, सुविधा, सर्भिस राम्रो भएरै फर्कर आउनुहुन्छ । हप्ता, दश दिनमा सामान्य कम्प्लेन हुनु स्वभाविक हो । हाम्रो होटलको खाना, सर्भिस अत्यन्तै राम्रो छ । तीनतारे होटल भएपनि पाँच तारे होटलको सेवा सुविधा पाएका छौ भन्नु भएको छ ।
ग्राहकहरुको पहिलो रोजाई गोरखा किचन
सुविधा सम्पन्न, तारे होटलहरुको स्वाद पाइने गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचन पूर्वेली ग्राहकहरुका लागिमात्र नभएर वाह्य ग्राहकहरुको लागि पनि पहिलो रोजाइ हुने गरेको छ ।
भारतको मिरिकबाट काठमाण्डौको यात्रामा निस्किएका थुप्तेन लामा आफ्ना परिवारका साथ सोमबार गोरखा किचनमा भेटिए । मिरिकबाट विहान ६ बजे निस्किएका उनी १० बजे गोरखा डिपार्टमेन्टको गोरखा किचनमा आइपुगेका रहेछन् ्। लामाले भने घरबाट हिँड्दा गोरखा किचनमै पुगेर खाना खाने सल्लाह भएको थियो । पारिवारिक भेटघाटका लागि नेपाल आइजाई गरि रहने थुप्तेनले सुनाए विगतमा एक्लै आउँदा पनि खाना खाने जक्सनचाहिँ मेरो गोरखा किचन नै हो ।

बाटोमा अरुपनि स्तरीय होटलहरु छन्, गोरखा किचनमै आइपुग्नुको मुख्य कारणचाहिँ के हो त भन्ने जिज्ञासामा उनले भने गोरखा किचनको खानाको स्वादै बेग्लै छ । स्पेशल खाना, नेपाली थाली , थकाली खाना, खानासँगै मुस्ताङ्गको कालो दाल, मुस्ताङ्गी चामलको स्वाद आफनै प्रकारको छ । खानासँगै अन्य खानपिनका भेराइटीहरु माग बमोजिम तयार गरेर उपलब्ध हुन्छ ।
हुन त थुप्तेनमात्र होइन नेपालकै पहाडी जिल्ला धनकुटाको उत्तरपानीबाट विराटनगर हिडेका दिवस चौहान पनि तराई झर्दा गोखा किचन नै रोज्छन् । उनी भन्छन, स्वादिस्ट खाना, अत्यन्तै सफा, तराई र पहाड नियाल्न सक्ने मनमोहक दृश्य जस्ता कारणले पनि गोरखा किचन आफ्नो रोजाइमा परेको हो । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना अन्य शाखाहरु विराटचौक पथरी, दमकमा समेत गोरखा किचन सञ्चालन गर्दै आएको छ । सर्वसाधारणदेखि सम्भ्रान्त सम्मलाई लक्षित गरेर सञ्चालित गोरखा किचनका खाना, अन्य दर्जनौ प्रकारको भेराइटीहरु अन्यत्र भन्दा सस्तोमात्र नभएर स्वादिस्ट रहेका छन् ।
किचनमा कार्यरत कुकहरु राजधानी लगायत अन्यत्रका पाँचतारे होटलमा काम गरिसकेका अनुभवि हुनुले पनि स्वादिस्ट खानाका लागि ग्राहकहरुको पहिलो रोजाई भएको स्टोरका प्रवन्धक निर्देशक बलराम आचार्य बताउनुहुन्छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरमा खाद्यान्न लगायत ग्रोसरी आइटम खरिदमा ग्राहकहरुको भीड
इटहरी । पूर्वेली ग्राहकहरुका लागि मात्र नभएर छिमेकी मुलुक भारतको विहार, पश्चिम बंगालको दार्जिलिङ, मिरिक, कालेङपुङ, आसामको डिम्बापुर, मणिपुरसम्मका ग्राकहरुका लागि ब्राण्ड बनेको इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला खाद्यान्न लगायत ग्रोसरीका अन्य सामान खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ । धरानमा आफन्त भेट्न परिवारसहित सिक्किमबाट आएका सुदेश प्रधान सोमबार स्टोरको ग्राउण्ड Ïलोरमा भेटिए । उनी किचेन वायरको समान खरिदमा व्यस्त दखिन्थे । सिक्किममा पनि ठूला ठूला डिपार्टमेन्ट स्टोरहरु रहेका छन् । यहाँबाट सामान किन खरिद गर्नुभएको त भन्ने सवालमा उनले भने सिक्किममा सबै सामान पाइँदैन् । अक्सर गरेर भारतीय उत्पादनहरु मात्र पाइन्छ । तर यहाँ तेस्रो मुलुकका ब्राण्डेड सामानहरु पाइन्छन् । उनल भने सिक्किम र यहाँ मूल्यमा पनि फरक छ । अझ विदेशी ब्राण्डका सामान ग्राहकहरुले चाहेर पनि पाउन सक्दैनन् । त्यसैले फर्कदा केही सामान लिएर जान स्टोरमा आएँ ।
उता विहारको फारविसगञ्जबाट आएका निरज दुवे स्टोरको तेस्रो तलामा आइतबार विदेशी ब्राण्डका जुत्ता चप्पल छान्नमै व्यस्त थिए । भारतमा शनिवार र आइतबार सार्वजनिक विदा हुने भएकोले घुमफिरका लागि उनीहरु विराटनगर हुँदै धरान भेडेटारम्म पुगेर फर्कन्छन् । आइतबार र शनिवार जोगवनी नाका भएर साना सवारी साधनहरु सैयौको संख्यामा भेडेटार पुग्ने गरेका छन् । फर्कदा अधिकांशले गोरखा डिपार्टमेन्ट स्टोरमा किनमेल गर्ने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ वास्तवमा शनिवार र आइतबार गोरखा डिपार्टमेन्ट स्टोरमा भारतीय ग्राहकहरुको अत्याधिक चाप बढ्ने गरेको छ । हप्ताको दुई दिन उनीहरु कति संख्यामा आए भन्ने यकिन तथ्यांक नभएपनि अधिक हुने गरेको छ । गोरखा डिपाटमेन्ट स्टोरप्रति ग्राहकहरुको आफ्नै प्रकारको आकर्षण रहेको छ । ६ लाख ५० हजार भन्दा बढी आइटम एकै ठाउँमा पाइने भएपछि अन्यत्र खोज्नुपर्ने झन्झट नभएकोले पनि ग्राहकहरु हरेक मौसममा आउनु भएको हुनसक्छ । जे होस् ग्राहकहरुले गोरखा डिपार्टमेन्ट स्टोरलाई माया गरिदिनुभएको छ, स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको बुझाई छ । उहाँ भन्नुहुन्छ स्टोरमा पाइने हरेक समान चाहे त्यो स्वदेशी होस् चाहे विदेशी होस् बजार मूल्य भन्दा सस्तो पाइन्छ । धरानमा पनि पछिल्लो समय डिपार्टमेन्ट स्टोरहरु बग्रेल्ती नखुलेका होइनन् तर अधिकांश ग्राहक आफूलाई चाहिने जुनसुकै सामान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमै पुग्ने गरेका छन् । धरान १७ सिओन मार्गकी सुनिता सुब्बा भन्नुहुन्छ गोरखामा आएपछि के लिउँ के नलिउँ हुन्छ । गिÏट आइटम, इलेक्ट्रोनिक्स आइटम, लत्ता कपडा, ग्रोसरी आइटम, पेय पदार्थका हजारौ ब्राण्ड पाइन्छ । यति धेरै सामान एकै ठाउँमा राजधानी काठमाण्डौ बाहेक अन्यत्र होला जस्तो लाग्दैन, सुब्बाले भन्नुभयो । अझ गोरखा किचेनमा प्रवेश गरेपछि उपलब्ध हुने परिरकारको त कुरै नगरौ । महिनाको एक दुई पटक आफू गोरखा डिपार्टमेन्ट स्टोरमा सामान खरिदकै लागि आउने गरेको पनि उहाँले सुनाउँनु भयो ।


