युनियनमा अध्यक्ष सहित सबै निर्विरोध

धरान । नेपाली काँग्रेसको सञ्चारक्षेत्र निकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियन सुनसरीको शनिवार सम्पन्न नवौ जिल्ला अधिवेशनबाट अध्यक्ष लगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
जस अन्तर्गत अध्यक्षमा धु्रव ढकाल, उपाध्यक्षमा मिकाइल आलम, समावेशी उपाध्यक्षमा निशान प्रकृति थारु, सचिवमा बाबुराम कार्की, कोषाध्यक्षमा मातृकाप्रसाद नेपाल, सह सचिवमा सुभेच्छा कार्की निर्वाचित हुनु भएको छ । यसैगरि महिला सदस्यमा सविना पोख्रेल, सरस्वती थारु, मेनुका डुम्जन, स्वेता सरदार थारु, आदिवासी जनजातिका तर्फबाट सदस्य अस्मिता चौधरी, मधेशीतर्फबाट सदस्यमा नसिम अन्सारी, अल्पसंखुयकका तर्पबाट सदस्यमा मुनाफ हसन, निर्वाचत हुनुभएको छ ।


त्यस्तै खुल्ला सदस्य तर्फ मनोज दाहाल, वीरेन्द्र साह, सुविन विश्वकर्मा, पारस राई, संगम विष्ट, पिएमणि भट्टराई, रोहित राई, रञ्जित सरदार, रविन राउत र लक्ष्मण थापा रहेका छन् ।

तपाईको प्रतिक्रिया