सुनसरी जिल्लाबाट १८४ जना हजका लागि साउदी अरब प्रस्थान गर्दै

धरान । विगतका बर्षहरुमा झै यस बर्ष साउदी अरबको जेद्धाका लागि सुनसरी जिल्लाबाट १८४ जना मुस्लिम धर्मालम्बीहरु हजका लागि प्रस्थान गर्ने भएका छन् । नेपाल सरकार गृहमन्त्रालय नेपाल हज समितिको सचिवालयका अनुसार यसपटक नेपालका विभिन्न जिल्लाहरुबाट गरी कुल एक हजार एक सय १९ जना मुस्लिम धर्मालम्बीहरु हजका लागि साउदी अरब प्रस्थानगर्ने भएका हुन् ।
नेपाल हज समितिको सचिवालयका अनुसार कपिलवस्तुबाट १९१, कैलालीबाट २, सुर्खेतबाट १, बर्दियाबाट ५, दाङबाट ३ अर्घाखाँचीबाट ८, नवलपसारी पश्चिमबाट ९, पाल्पाबाट १, स्याङ्जाबाट ६, कास्कीबाट ५,  गोरखाबाट २३, चितवनबाट २, तनहुँबाट ३, रुपन्देहीबाट ३ र नुवाकोटबाट ४ जना जेष्ठ १८ गते साउदी अरब प्रस्थान गर्न भएका छन् । यसैगरी बाँकेबाट १३६, रुपन्देहीबाट १०४ जना जेष्ठ १९ गते, रौतहटबाट ९५, बाराबाट २७ जेष्ठ २० गते, काठमाण्डौबाट ३४, पर्साबाट २६, सर्लाहीबाट ३९ र धनुषाबाट ३३ जना जेष्ठ २२ गते साउदी अरब जाँदैछन् । यसैगरी झापाबाट १०, मोरङबाट २२, सुनसरीबाट १८४, सप्तरीबाट ७२ जना जेष्ठ २३ गते र महोत्तरीबाट ४१, सिराहाबाट २७, सप्तरीबाट २ र बाँकेबाट २ जना जेष्ठ २४ गते प्रस्थान गर्ने भएका छन् ।


विगतको तुलनामा यसपटक हज गर्न जाने नेपाली मुस्लिमहरुको संख्या न्यून रहेको छ । हज गर्नका लागि मुस्लिमहरुको न्यून संख्या हुनुमा हजयात्रीहरुसँग हज समितिले महँगो शुल्क असुल्नु, झन्झटिलो प्रक्रिया अपाउनुले पनि संख्या न्यून भएको सुनसरीका मुस्लिमहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया