जबरजस्ती शिलान्यास

इनरुवा । भोजपुरबाट सुनसरी झरेर नेपाली काँग्रेसको संगठन तहस नहस गरेका क्षेत्र नं. ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवा देवानगञ्ज सडक निर्माणको जस लिन इनरुवा–४ हनुमान चौकमा तामझामका साथ शिलान्यास गरे पनि सडक देवानगञ्जबाट निर्माण शुरु भएको छ । आफ्नो पहलमा सडक निर्माण हुन लागेको भन्ने देखाउन कार्कीले प्रदेश सरकारको बजेट विनिोजन गराएको भन्दै शिलान्यास गरेका थिए । कार्कीले शिलान्यास गरेपनि पुन ः अर्को कार्यक्रमको आयोजना गरी सडक देवानगञ्जबाट निर्माण शुरु भएको छ ।


सडकको जिरोप्वाइन्ट देवानगञ्ज भएकोले कार्कीद्वारा शिलान्यासको औचित्य नभएको भन्दै प्रदेश   सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० किमी सडक यो आर्थिक बर्षमा ठेक्का लगाएको थियो । ३२ करोडको उक्त सडक आयोजना तीन बर्षभित्र कालोपत्रे गरी सक्नुपर्नेछ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले इनरुवाबाट सडक निर्माण भएको भए आगामी दश बर्षमा पनि सडक निर्माण नहुने ठोकुवा गरे । यसैगरी सुनसरी क्षेत्र नं. २ का प्रदेश सांसद रामप्रसाद मेहताले केन्द्रको ध्वाँस पिटेर सुनसरी क्षेत्र नं. ४ का आयोजनाहरुमा हस्तक्षेप नगर्न सांसद कार्कीलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया