नेपाली काँग्रेसको नगर र क्षेत्रमा उमेद्वारी घोषणा

धरान/नेपाली कााग्रेसको आगामी भदौमा हुने तेह्रौ महाधिवेशन नजिकिदै गर्दा सुनसरी क्षेत्र नं. १ बाट नगर, क्षेत्र र महाधिवेशन प्रतिनिधिका लागि उमेद्वारी घोषाणासागै चलहपल तिब्र हुन थालेको छ ।
नेपाली कााग्रेस केन्द्रीय कार्यालयले जारी गरेको परिपत्र अनुसार आगामी साउन १४ गते गाउा, वडा, नगरको र २२ गते क्षेत्रीय अधिवेशनहरु अनिवार्यरुपमा सम्पन्न गर्नुपर्ने भएको छ । वैसाख १२ र २९ गतेको भुकम्पले निम्त्याएको महाविपत्तिका कारण केन्द्रीय अधिवेशन केही पर सर्ने अड्कलबाजी
गरिए तापनि दुई साता अगाडि केन्द्रीय समितिको वैठकले तोकिएकै समयमा निर्वाचन हुने निर्णय गरेपछि उमेद्वारी घोषणासागै नेपाली कााग्रेसभित्रको
राजनैतिक माहौल तातिन थालेको हो ।
सुनसरी क्षेत्र नं. १ बाट क्षेत्रीय सभापतिका लागि हालका क्षेत्रीय सचिव सुजेन्द्र तामाङ्ग, विश्वराज शर्मा, विनोदकुमार राई, हेमलाल सुब्बा, सुरेशमान श्रेष्ठले आफ्नो उम्ेदवारी घोषणा गर्नुभएको छ । यसैगरी नगर सभापतिमा मदन ढकाल, तिलक
राई, किशोर राईको चर्चाले बजार तताएको छ । यहाा स्मरणीय कुरा के छ भने यसपटक सुनसरी क्षेत्र नं. १ बाट १ हजार ४ सय ५० नयाा क्रियाशील सदस्यताका लागि आवेदन परेको छ भने पुराना १ हजार ७ सय ५१ भए तापनि १ हजार २ सय ५० ले मात्र नविकरण गरेको नेपाली कााग्रेसका जिल्ला सहसचिव विकास आचार्यले जानकारी दिए । यसैगरी सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित हुने ११ जना महाधिवेशन प्रतिनिधिका लागि चन्द्रप्रसाद श्रेष्ठ, उमेश थापा, विकास आचार्य, गणेश सुब्बा, मिना सुब्बा, मिना पुलामी, गिरिराज आचार्य, भीष्म काफ्ल्े, पूर्ण सुवेदी लगायतले उमेद्वारी दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया