विराटनगर/नेपालमा हालै गएको भुकम्प कसैका लागि महाविपत्ति भएको छ भने कसैका निम्ति कमाउने अवसर सावित भएको छ ।
मन्त्रिपरिषद्को वैठकले वैसाख १५ देखि जेठ १५ गतेसम्म पीडितहरुका लागि शून्य भन्सारमा राहत सामाग्री आयात गर्न दिने निर्णय गरेपछि प्रशासन र व्यापारीले यसलाई सुवर्ण अवसरका रुपमा लिएका छन् । दैवी प्रकोप उद्धार समिति मोरङ्गका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले सिफारिसमा आयात गरिएका सामाग्री सम्बन्धित ठाउाका पीडितसम्म नपुगी कालोबजारी भएको छ । राहतका लागि आयात गरिएका बिना भन्सारका त्रिपाल प्रहरीले विराटनगरका प्रणामी इन्टर पा्रइजेज र अम्बिका वस्त्रालयबाट बरामद गरेपछि व्यापारी प्रशासनको लगनगााठो उजागर भएको हो । सिफारिस दिएपछि सो को अनुगमन गर्नुपर्दैन त भन्ने जिज्ञासामा मोरङ्गका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले त्यो काम हाम्रो हैन भन्ने जवाफ दिएका थिए । हाल प्रहरीले कालो बजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्र्तगत दुवै फर्मका सञ्चालक विरुद्ध मुद्दा चलाएको छ ।
