धरान । प्रदेश न १ कै उत्कृष्ठ पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटाको साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे(थुम्की सामुदायीक होमस्टेमा सिजनको समयमा पनि पर्यटकहरु आएनन् ।

विगतका बर्षहरुमा गर्मी मौसममा अत्याधिक पर्यटक आउने गरे पनि यस बर्ष भने विगतका बर्षजस्तो पर्यटक नआएको नाम्जे होमस्टे सञ्चालक अनिल राना मगर बताउनुहुन्छ । अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रबद्र्धनका लागि चिनिएको यस स्थानलाई अमेरिकि सामाचार संस्था सिएन्एन्ले नाम्जे गाउँलाई घुम्नै पर्ने विश्वका १२ वटा गन्तव्यको सूचिमा सूचिकृत गरेको थियो मगरजातिहरुको बाहुल्यता रहेको नाम्जे र थुम्की टोलका दुई दर्जनभन्दा बढी होमस्टे संचालन गरिएको छ । घरमै अर्गानिक उपादन र मौलिक सँस्कृति पस्किने गरेको होम स्टेहरुमा पर्यटकहरुको आकर्षक बढ्ने गरेको छ । यसले गर्दापनि पर्यटक बढी आउने गरेका छन् । विराटनगरबाट नाम्जे होमस्टेमा पुगेका विनोद अर्यालले अर्गानिक खानपिन र घरमै सुतेको अनुभव हुने भएकोले भेडेटार बास बस्नुपर्दा नाम्जेमा रहेको होमस्टेमा बास बस्ने गरेको बताउनुभयो ।
