घण्टाघरबाट हेर्दा

कतापट्टीकी रान ?
खराब श्रीमति प¥यो भने इज्जतै नासिन्छ भन्थे हो रै’छ । यतिबेला बुढानिलकण्ठे काजीलाई यस्तै प¥या छ । विचरा वहुलाएर हिँड्न पनि सक्दैनन्, रुहेर हिड्न पनि सक्दैनन् । श्रीमतिले गर्दा विचराले मुख देखाइसक्नु भएन । शरणार्थी  व्यापारबाट करोडौ कुम्ल्याएसी यतिबेला मुलुकमा राष्ट्रिय भाउजुको सर्वत्र चर्चा चलेसी गोक्ते काजीलाई दिन राष्ट्रिय भाउजुले भन्या म त राणाको छोरी हुँ, दाइँजोमै करोडौ ल्याकी थे । यो सुनेसी’ घण्टाघरलाई कम्ता हाँस्न मन लागने ?  हैन ती कतापट्टिकी राणाकी छोरी  रै’छिन् ? व्याइते, ल्याइतेपट्टिकी त पक्कै होइनन् । सिडिी मुनिकी, सिडी माथिकी, झ्याल भित्रकी, झ्याल  बाहिरकी, बगैचातिरकी, पँधेरीतिरकी कताकी पो होलन् ? न बोल्ने ढंग छ । त्यसमाथि अगाडि डा. झुण्डाएको छ । त्यो डा.को नै अपमान भएको छ । जे होस् शरणार्थी व्यवसायले खान्दानै डुबायो ।


सबै खानेहरुमात्र छन्
गाँडतन्त्र आएदेखि नेपाली जनताले धोका मात्र खाँदै आएका छन् । जता नि धोका । यस भन्दा अगाडिको माउवादीबाट अर्थमन्त्री हुँदा अनाश्यक मान्छेलाई प्रवे्श गराई राजस्वका दरमा हेरपेर गरेको दृश्य सिसिटिभी फुटेजबाट गायब बनाउन जनार्जन शर्माले तारै चपाईदिएका थिए ।  शरणार्थी प्रकरणमा बालकृष्ण खाँडले कागजै चपाइदिए । गगन थापाले सैयौ बाख्रा खाइदिए, माकुनेले् ललिता निवासको जग्गा नै प्लटिङ गरेर खाइदिए, प्रचण्डाउले क्यान्टोनमेन्टमा भएका लडाकुको पैसा नै बजाइदिए । वियर खाने टोपबहादुर रायमाझी, कसम खाने राष्ट्रिय भाउजु, शासन भत्ता खाने हकिम……..। सबै खानकैलागि दौडिया छन् दौडिया छन् । अनि फुइøयाँ हुन्छ ?
उत्पातै मच्चाएछन्
यतिबेला मुलुकमा कसैको चर्चा छ त त्यो नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुकै छ । त्यसमध्ये नि र्याले वाकी जोइ र भुत्ला कृष्णेकी जोइको त सर्वाधिक चर्चा छ । चर्चा पनि सानो छैन । जेलमा पुगेको भुत्ला कृष्णे र टोपेको भन्दा दुई महारानीको सबैभन्दा बढी चर्चा छ । त्यसैले त अस्तिका दिन काठमाण्डौका नागरिक समाज र भिन्न राजनीतिक पार्टीका नेताहरुले सडकमै नारा घन्काइ दिएछन् । नारा पनि ख्याल गज्जबको् थिएन । आरजु, मञ्जु रानी हुन् भ्रष्टाचारको खानी हुन् रे । कुरा कस्लाई थाहा छैन र ? अकुत भ्रष्टाचार गरेकै कारण आफ्ना दुवै तन्नम पोईहरुलाई महलमा पु¥याएका छन् । श्रीमति हुन त आरजु र मञ्जु जस्तो । कि कसो हौ ?
सबै सिद्धेसी मान्छे….
नेपालका एकजना पूर्व सचिवले अस्तिका दिन एउटा गफ हान्दिए । पूर्व सचिव भीम उपाध्याय । हुन त बेला बेलामा उपाध्याय गतिलै कुरा ठोक्छन् । अस्तिका दिन उनले ठोकेको कुराले घण्टाघरको पनि एकपटक दिमाग चकरायो । कुरा ठीकै हो । नेपालका नेताहरुले अब केही कुरा बेच्न नपाएसी मान्छे बेच्न थाल्या हो रे । पहिल्यै उद्योग, कलकाराना सबै बेचेर सिध्याइहाले । अब बेच्न बाँकी त्यै एउटा कुरा थियो मान्छे । आफ्नै नागरिकलार्ई अनागरिक बनाएर बेच्दा त सरम लाग्नुपर्ने हो । तर गति छाडाहरुलाई के सरम लाग्थ्यो ? आफूले नभ्याए श्रमतिलाई, छोराछोरीलाई समेत धन्दामा भिडाउँछन् । यसपटक भुटानी शरणार्थी बेचबिखनको पोल खुलेर बबाल भा’छ । विस्तारै रोहिङया शरणार्थीको धन्दो शुरु भएको अनुमान हुन थाल्या छ । सिध्याउने भए साइलाहरुले …..।
बैंकबाट माल गायव
वाफ रे वाफ ? नेपालीहरुको  स्मरण शक्तिलाई मान्नैपर्छ । त्यसमा पनि अझ विशेष प्रकारका केही नेपालीहरुको बखान गरेर साध्य छैन । अब हेरम न इटहरीमा रहेको एभरेन्ट बैंकबाट करोडौ रुपयाँ गायव भएछ । गायव बनाउने् न दराज फोरेर लग्या हुन न धम्क्याएर लग्या हुन्, न अपहरण गरेर लग्या हुन् । तर करोडौ रुपैयाँ  चैट † अर्काको खातामा पैसा गायव बनाउने्लाई एघार तोपको सालामी दिनु पर्ने हो । सँुघेरै पत्ता लगाइदिने कम्ता महान हुन । तर नेपालको प्रहरीले विचरालाई चौखु¥याएर लगेछ । खप्रओले त्यसै भन्या होइनन् नेपालीले मौका पायो भने जे पनि गर्न सक्छ । बस मौकाचाहिँ पाउनुप¥यो ।
देछन् दनक
धरानका मेयर हर्क साम्पाङ भन्या हर्क साम्पाङ नै हुन् । लगे रहो मुन्ना भई जस्ता छन् । कुनै काममा लागेसी लाग्यो लाग्यो । जस्ले जेसुकै भनोस् बाल मतलब । विरोधीहरुले पाइला पाइलामा काम गर्न अवरोध गरेसी’ अस्तिका दिन मेयर साम्पाङले सामाजिक सञ्जालमा एउटा स्टाटस ठोक्देछन् । विरामीहरु हो धेरै चुवुर चुवुर नगर्नु । ०८४ सालको चुनाव जित्नु अनि धरान चलाउनु । यतिञ्जेल बरु विदेश जान नि मेयरले सल्लाह देछन् । कुरो त गज्जब लाग्यो घण्टाघरलाई नि । अझ धेरै चुवुर चुवुर गरे भने मेयर साम्पाङले विदेश जाने व्यवस्था नि आफै मिलाइ दिन बेर छैन । आखिरी लगे रहो मन्ुना भाइ त परे । यसका लागि बेरोजगार धरानेहरुका लागि विना ढेउवा टिकट र भिषाको व्यवस्था नि गर्दिन बेर छैन । लहै धराने जुवाहरु हो झोला झ्याम्टा लिएर तयारी अवस्थामा बस्नु ।
अब डाहरु बेरोजगार
नेपालका डाक्टरहरु बेरोजगार। हुने खतरा बढ्ेयो । विचराहरु रात दिन नभनी मेन गरेर, बाबुआमाको त्यत्रो पैसा चैट्ट बनँएर बल्ल बल्ल डाक्टर भा’थे । अब वेरोजगार भएर घरैमा ओथारो बस्ने भए । अब हेरम न यतिबेवला विरामी जति सबै आँडे बाबा सिमान्त केसी र गाँडेमाता सवितातिर दौडन थाल्या छन् । खङरङ खङरङ दाम पनि चढाउँछन् अब अभिभावकहरुले गम्भीर भएर सोच्नु प¥ये । बेरोजगार बनाउन छोराछोरीलाई किन डाक्टरी पढाउने ? सवाल गम्भीर छ । बरु आँडे बाबा र गाँडे मातछा बनानेतिर पो लाग्ने हो कि ? आखिरी जसरी भएनि पैसो कमाउने त हो क्यारे । किसो हौ ?
अन्तेमा
लाँग्रेस निकट मानिएको पत्रकारको संगठन प्रेस युनियनको अस्तिका दिन अधिवेशन सिद्धियो । युनियनमा समेत गाँडे नेतालाई बोलाएर आ–आफैमा जुधाउने प्रपञ्च भएसीि युनियामा जुँगाको लडाई मच्चिएको छ । भोजपुरबाट खाइपिइ गर्न सुनसरी झरेका अज्ञानेन्द्रबहादुर कार्कीका पाउँमा केही चाटुकारहरु पाउ मल्नेमा जुटेसी’ युनियनको चुनावमा आ आफैमा गाँड कोरोको देखिएो छ । नेताकै चकडी गरेर युनियनमा पद भँजाउनु थियो भने फुइøयाँ खान अधिवेशन ग¥या ? वात करता है ?

तपाईको प्रतिक्रिया