धरान । नेपाली सिने जगतका बरिष्ठ कलाकार शिव श्रेष्ठ र निर्देशक दिपक श्रेष्ठलाई सिक्किममा भव्य स्वागत गरिएको छ । सिक्किममा निर्माण हुँदै गरेको चलचित्र ‘पर्खीबसे’ मा नेपालका बरिष्ठ कलाकार एवम नायक शिव श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको छ । चलचित्र सुटिङका लागि वैसाख २९ गते सिक्किम पुग्नु भएका शिव श्रेष्ठ र दिपक श्रेष्ठलाई सिक्कम नेवा गुठीका पूर्व महासचिव एवम् सिक्किमका लोकप्रिय राजनैतिककर्मी मणिकुमार प्रधानको सक्रियातामा गुठीले भव्य स्वागत गरेको छ ।

नायक शिव श्रेष्ठ र निर्देशक दिपक श्रेष्ठलाई सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष एवम् सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले समेत सोमबार स्वागत एवम् सम्मान गर्नुभएको छ । पर्खिबसे चलचित्रको सुटिङका लागि झण्डै एक महिना सिक्किममा बस्नु हुने कलाकारद्वय शिव श्रेष्ठ, दयाहाङ राईसँगै सिक्कमका कलाकाहरुको समेत चलचित्रमा मुख्य भूमिका रहेको् कलाकार एवम अमना टुर्स एवम् ट्राभल्सका सञ्चालक अलिम अन्सारीले जानकारी दिनुभयो । उहाँहरु सिक्किमको एमजीमार्ग स्थित रहेको् होटल सिनाल्चुमा बसेर चलचित्रको सुटिङ्गमा रहनु भएको छ । नेपाली चलचित्रका सफल निर्देशक दिपक श्रेष्ठले हिम्मत, घिन्ताङ, भाईभाई लगायत आधा दर्जन भन्दा बढी चलचित्रको सफल निर्देशन गर्नुभएको छ भने नायक श्रेष्ठले जीवन रेखा, चीनो, हामी एक हौ लगायतका दर्जनौ चलचिमा आफ्नो अभिनय पस्किसक्नु भएको छ ।
