धरान । बीपी कोइराला संग्राहालय एवम् अनुसन्धान केन्द्रको सल्लाहकारमा बीपीका आदर्श र दर्शनलाई नजिकबाट बुझ्नु हुने १५ जना व्यक्तिलाई सल्लाहकारमा नियुक्ति गरिएको छ ।
संग्रहालय तथा अनुसन्धान केन्द्रका सल्लाहकार संयोजक अलिम अन्सारी (सत्रुघन) का अनुसार मनोनित हुनुहुने सल्लाहकारहरुमा कोशी प्रदेश साँसद डा . हाजी इसराइल मन्सुरी, ममता तामाङ योन्जन, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौड्याल, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, लालीगुरास नगरपालिका बसन्तपुर तेह्रथुमका प्रमुख अर्जुन मावुहाङ, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली रहनु भएको छ ।

यसैगरी कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगरा गाउँपालिकका अध्यक्ष हाजी गफार अन्सारी, भोक्राहा गाउँपालिकाका अध्यक्ष अजमल आजाद, किराँेतेश्वर माविका प्रद्यानाध्यापक डा. योगेन्द्र पालुङ्वा, डा एन.एल. राजवंशी, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका सह प्राध्यापक सोभित यादव, नेपाली चलचित्रका ्रबरिष्ठ निर्देशक एवम् निर्माता प्रदीप श्रेष्ठ, स्टार अफ द एयर २०२२ की विद्या भुषाल रहनु भएको छ ।
