प्रहरी तथा पत्रकार हु भन्दै धक्याउने धरानबाट पक्राउ

धरान । विगत ६ महिनादेखि पत्रकारको आवरण देखाएर धम्क्याउदै आएक एक व्यक्तिलाई धरान १३ बाट प्रक्राउ गरी स्थानीयले प्रहरीलाई बुझाएका छन्  कहिले आफू विशेष प्रहरीको मान्छे भन्ने कहिले मेयर हर्क साम्पाङको विशेष मान्छे भन्ने र सर्वसाधारणलाई धम्क्याउदै रकम असुल गर्ने गरेका तीर्थ गुरुङ नाम गरेका ती व्यक्तिलाई धरान १३ का स्थानीयले धरान १३ ओसो पार्कबाट पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् ।


प्रक्राउ परेका गुरुङको साथबाट नेपाल सरकारको सूचना विभागको कार्ड समेत ेभेटिएको छ । उनले बोकेको सूचना विभागको कार्डमा स्काई नेपाल न्युज डट कम उल्लेख गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय  धरानका प्रमुख डिएसपी नवराज मल्लले केही समय अगाडि उनको विषयमा केही युवाहरुले प्रहरीमा उजुरी दिएको बताउनुभयो । उहाँले गुरुङले आफूलाई कहिले विशेष प्रहरीको मान्छे हु भन्ने, कहिले पत्रकार हुँ भन्ने, कहिले सोसल मिडियाको मान्छे हुँ भन्दै ठगी गरेको विषयमा उजुरी परेको बताउनुभयो । उहाँले भन्नुभया– ‘उनको विरुद्धमा ठगीको उजुरी परेको छ हामी थप यस विषयमा अनुसन्धान गरिरहेका छौ ।’

 

तपाईको प्रतिक्रिया