धरान । धरान उपमहानगरपालिका वडा नं. २ को सिंहदेवी मार्गदेखि गीतमन्दिर जाने बाटो छेउमा जहिल्यै सडक भत्किन्छ । यो सडक ६÷६ महिनामा टालटुल गरिएको पाइन्छ । गुणस्तरहीन सडक निर्माण भएकोले सडक भत्किरहने समस्या हुने गरेको स्थानीयहरु बताउँछन् । यस बर्ष पनि सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले यो सडक टालटुल गरिदैछ । बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको हो । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक टूाफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो ।

तर यी सडक भन्दा पनि पुरानो बजारको सडक भने कमसल भएकै भत्किरहने गरेको पाइएको छ । धरानमा एकतर्फी सडक लागू गरेपनि पुरानो बजारबाट भानुचौकसम्म जाँदा सवारी चालकलाई अत्यन्तै सास्ती हुने गरेको छ । बाटो निर्माणको कार्य भइरहेकोले अहिले आवातजावतमा समस्या भएको हो । बाटो निर्माणको कारण देखाउदै पहाडी क्षेत्रबाट आएका सवारी साधनलाई जिल्ला टूाफिक कार्यालय सुनसरीले धरान १ लक्ष्मी चौकदेखि धरान १६ स्टुडियमको बाटो पठाए पनि वान वे कारण भानुचौकसम्म पुग्न अझ कठिन भएको चालकहरु बताउँछन् । गुणस्तरहीन सडक निर्माण भएकै कारण समय समयमा भत्किरहने र बनाइरहनुपर्ने बताउदै सम्बन्धित निकायले यसमा चासो देखाउनुपर्नेमा चालक तथा सर्वसाधारणको जोड छ ।
