नई किर्ति रत्न अलंकारद्वारा २ सय १ जना कवि लेखक विभुषित

धरान । राजनैतिककर्मी, साहित्यकार एवम् सञ्चारकर्मी गिरिराज आचार्य नई किर्ति रत्न अलंकारबाट विभुषित हुनु भएको छ । नेपाली वाङमयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते स्थापना भएको नई प्रकाशनले शनिवार काठमाण्डौको टंगाल अम्रपाली सभा कक्षमा आयोजित कार्यक्रममा नई किर्तिरत्न अलंकारद्वारा आचार्यलाई विभूषित गरिएको हो ।


गत चैत्र ११ गते स्वदेश तथा विदेश (देश देशान्तर) का २०१ जना कवि लेखकलाई समेत नई  किर्तिरत्नद्वारा विभूषित गर्ने निर्णय भए बमोजिम कार्यक्रमलाई व्यापकता दिइएको थियो । सो अवसरमा २०१ जना श्रष्टाद्वारा लिखित नइ किर्ति लय र नई प्रकाशन ः किर्ति र आकृति नामक दुईवटा ग्रन्थको लेखक कविहरुबाटै सामूहिक लोकापर्ण गरिएको थियो । कार्यक्रममा नई किर्ति रत्न अलंकारद्वारा विभूषित हुनु हुनेहरुमा अणुराज जोशी, अप्सरा दाहाल  (भारत), अप्सरा पुडासैनी, अमर कुमार प्रधान, डा. अम्बिका अर्याल, अशेष मल्ल, आयुस्मान शाक्य  (सम्मान), आरपी गाउँले, इन्दिरा दिक्षित, ईशा साह, इश्वरी गौतम, उत्तम भेटवाल, उदय निरौला, उपेन्द्र सुवेदी, उमा कार्की (अस्ट्रेलिया) प्रा.डा. उषा ठाकुर, प्रा.डा. ऋषिराम शर्मा, ओमकुमारी बन्जारा रानाभाट, ओम प्रकाश अधिकारी, कञ्चन पुडासैनी, कमल रिजाल, कल्पना आङवुहाङ (बेलायत), कुसुम गौतम (म्यानमार), डा. कुसुमाकर शर्मा गौतम (क्यानाडा), कृष्ण बजगाई  (बेलायत), कोमल मल्ल (बेलायत), गीता खत्री (अमेरिका), गिरिराज आचार्य, गोविन्द गिरी प्रेरणा (अमेरिका), टेकनारायण रिमाल कौशिक (म्यानमार), तारा प्रसाद चापागाई (युएई), दिपक केसी (बेल्जियम), नरेन्द्र न्यौपाने (अमेरिका), प्रमोद सारङ्ग (दक्षिण कोरिया), प्रिति आत्रेय ज्ञवाली (कम्बोडिया), मोहन आचार्य जलद (बेलायत), मोहनराज खनाल (म्यानमार), प्रा. मोहन सिटौला (अमेरिका), रस्मी मैनाली (अमेरिका), महासमालोचक प्रा.डा. बासुदेव त्रिपाठी, प्रा.डा. रामप्रसाद उप्रेति, शताब्दी पुरुष सत्यमोहन जोशी (मरणोपरान्त), सम्झना काफ्ले  (अमेरिका), सामु उप्रेति (अष्ट्रेलिया), सीमा रोशी (अष्ट्रलिया), सुनिता  राई कन्दङ्वा (इजरायल), सुमन शर्मा (अमेरिका), सुवेन उप्रेति  (क्यानाडा), सुरेशजंग साह (बेलायत) स्पन्दन विनोद (पोर्चुगल), हरिसिंह थापा (बेलायत) लगायत रहनु भएको छ ।

तपाईको प्रतिक्रिया