मेयरलाई सच्चिन युवाहरुद्वारा ध्यानाकर्षण

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति प्रति आपत्ति जनाउँदै दलसँग आवद्ध युवाहरुले सच्चिन अनुरोध गर्दै मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले मेयर साम्पाङले युवाप्रति लक्षित गरी अभिव्यक्त गर्नुभएका गुण्डाको संज्ञा, दलका झोल, झयासझुसे र गुइठे जस्ता गलत शब्द प्रयोग गरेर सुन्दर नगरी धरानको गरिमा बढाएको भन्दै युवाहरुले मेयर साम्पाङलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।


नेपाली काँग्रेस सम्बद्ध नेपाल तरुण दल धरानका उपाध्यक्ष विक्रम तामाङ, एमाले सम्बद्ध राष्ट्रिय युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहाल, नेकपा माओवादी केन्द्र सम्बद्ध वाइसिएयलका प्रदेश कमिटी सदस्य उषा परियार र संघीय लिम्बुवान मञ्च सम्बद्ध लिम्बुवान युवा मञ्च धरानका अध्यक्ष रमेश राईद्वारा हस्ताक्षििरत ध्यानाकर्षणपत्रमा सामाजिक सञ्जालमा प्रयोग गर्ने शब्द, लामो समयदेखि कार्यपालिका बस्न नसकेको विषय उल्लेख गरेका छन् । उनीहरुहरुले राम्रा कामको समर्थन र कामको आलोचना गर्ने युवाहरुलाई सकारात्मक अग्रसर गराउनु पर्नेमा गुण्डाको उपमा दिने झोले जस्ता तुच्छ शब्दावली युवाहरुलाई उत्तेजित बनाउने हुँदा यसतर्फ मेयर साम्पाङलाई गम्भीर हुन आग्रह गरेका थिए । उनीहरुले ज्ञापनपत्रमा खानेपानी समस्या समाधानका लागि मेयरले गरेको कामलाई सकारात्मक रुपमा लिए पनि कोकाहा, सर्दु खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरु र कानुनी प्रकृया, सहमति र समग्र परियोजनाको आधार, धरान खानेपानी व्यवस्थापन बोर्डमा नगर प्रमुखको हैसियतमा सदस्य रहे पनि बोर्डमा पारदर्शिता नरहेको, . कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक भए पनि पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरुको नाम अहिलेसम्म सार्वजनिक नगरेको, धरानको खानेपानीको लागि दाताहरुले दिने सहयोग रकम बाणिज्य बैंकको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट निर्णय गरी खाता नम्बर समेत सार्वजनिक गरिएको भएपनि संस्थागत रुपमा बैंक खातामा रकम जम्मा नगरी व्यक्तिगत रुपमा रकम मनोमानी ढंगले चलाएर आय व्यय विवरण सार्वजनिक नगर्न, . कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण, नियमित विपरीत स्वकीय सचिवबाट नगरपालिकाको प्याडबाट पत्र काटेर गलत काम गरेको, धरान र इटहरीको सिमा विवादमा सम्बन्धित पक्षसँग छलफल नगरी विवाद बढाउने ाम गरेको र नियमित कार्यपालिका बैठक अवरुद्ध गरेर धरानको समग्र विकासमा अवरोध पु¥याउने काम गरेको आरोप मेयरमाथि लगाएका थिए । उनीहरुले युवाहरु देशको हरेक परिवर्तनमा आगाडि रहेको बताउदै तानाशाही प्रवृत्ति धरानमा रसहरहे त्यसका विरुद्धमा युवाहरु कडा रुपमा उत्रने चेतावनी समेत दिएका थिए । ध्यानाकर्षणपत्र बुझेपछि छोटो प्रतिक्रिया दिँदै मेयर साम्पाङले कार्यपालिकाको बैठक बस्ने विषयमा प्रयास भइरहेको बताउनुभयो । उहाँले बुँदागत रुपमा बुझाइएको यो ध्यानाकर्षणपत्र पालनामा आफू गम्भीर हुने आश्वासन युवाहरुलाई दिनु भएको थियो ।
ध्यानाकर्षणपत्र बुझाउन अघि चार दल सम्बद्ध युवा संगठनलाई उपमहानगरपालिकाभित्र केहीसमय प्रवेश गर्न दिइएन । उनीहरुले यस विषयमा आक्रोस समेत पोखेका थिए । झडप हुने सम्भावना भएको भन्दै जनपथ प्रहरी, शशस्त्र प्रहरी र नगर प्रहरीले उनीहरुलाई ५ जनालाई प्रतिनिधित्व गरेर ज्ञापनपत्र बुझाउन करिब आधा घण्टा नगरपालिका गेट अगाडि नै राकेपछि उनीहरुले मेयर साम्पाङकको तानाशाही प्रवृत्ति भएको भन्दै रुष्ट व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया