चतरा । खड्गबहादुर कट्वाल (७१) । आदर्श मावि चतराका पूर्व शिक्षक । ३७ वर्ष शिक्षण पछि अवकाश भएपछि उहाँ निरन्तर कृषि पेशामा आवद्ध हुनुहुन्छ । स्वदेशै माटोमा केही गर्न
रोजगारीको लागि विदेश भौतारिनु नपर्ने उहाँको भनाई छ । १० बर्ष अगाडि शिक्षण पेशाबाट अवकास पाएपछि उहाँले २ विगाहा जग्गामा विभिन्न प्रकारका कृषि उत्पादन गर्दै हुनुहुन्छ । उहाँले रिटायर्ड जीवनलाई पनि व्यस्त र आम्दानी गर्ने माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको छ ।

सुनसरीका बराहक्षेत्र २ सप्तकोशी छेउ नजिक उकासस्थित आइबी कोलनीमा आफ्नो जग्गामा कृषिमा निरन्तर लागिरहेको देख्न सकिन्छ । २०७० सालमा शिक्षण पेशाबाट अवकाश पाएपछि उहाँ निरन्तर यही कृषि पेशामा आवद्ध हुनुहुन्छ । उहाँले सागसब्जी तथा फलफूल लगाएर मनग्गै आम्दानी गर्दै आउनु भएको छ । ३७ बर्षको शिक्षण पेशाबाट अवकाश पाएपछि कृषि पेशामा रमाउनु भएका उहाँले कृषिमा भविष्य रहेको बताउनुहुन्छ । उमेरले ७१ बर्ष पुग्नु भएका उहाँ रिटायर्ड जिवनभन्दा आफूलाई अझ रमाइलो लागेको सुनाउनुहुन्छ । उहाँले भावी सन्तानलाई पनि कृषि पेशाबाट भविष्य छ भन्ने सन्देश प्रवाह गर्न पनि यो उमेरमा कृषि पेशालाई अंगालेको बताउनुहुन्छ । उहाँले सरकारले मल विउ र सिँचाइको व्यवस्था सरकारले गरिदिए कृषि पेशा उज्वल भविष्य बन्न सक्ने तर्क राख्नुभयो ।
उहाँले सिचाई, उन्नत मलका विषयमा विगतदेखि नै स्थानीय र प्रदेश सरकारलाई माग गर्दै आएपछि सुनुवाई नभएको बताउँदै यी तीन कुरा सरकारले व्यवस्थापन गरिदिए भने मात्र कृषकलाई अन्य कुरा केही नचाहिने बताउनुभयो । उहााले पहिलो पटक आइबी कोलनीमासूर्यमुखी फूलको खेतीको प्रयोग गर्नुभएको छ, जुन सफल पनि भएको छ । टिकटक पारखीहरुका कारण उहाँको सूर्यमुखी खेती
भाइरल भएको छ । सूर्यमुखी फूलको खेतिपश्चात टिकटक बनाउनेको ओहोरो लाग्ने गरेको उहाँ बताउनुहुन्छ । टिकटक बनाउँदा फूल नष्ट गर्ने गरे पनि उहाँलाई टिकटक बनाउनेदेखि दिक्न लाग्दैन । उहाँ टिकटक बनाउन आउनेहरुबाट आफूलाई रमाइलो लाग्ने बताउदै अझै व्यवस्थित योजना भएको बताउनुभयो । सुनसरीको बराहक्षेत्रका लागि कटुवाल अहिले उदाहरणीय व्यक्ति बन्नु भएको छ । जोश र जाँगर भए उमेरले छेक्दैन भन्ने सन्देशसँगै रोजगारी खोजेर विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै कृषि कर्म गर्न सके मनग्गे आम्दानी हुने सन्देश प्रवाह गर्नुभएको छ । राज्यले कृषि पेशामा दिलो ज्यानले लाग्नेहरुलाई सहयोग पु¥याउने हो भने कृषिबाटै नेपालको आर्थिक विकास गर्न सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ । अनुदानको व्यवस्था गर्दा पनि यस्ता वास्तविक कृषकलाई प्रदान गर्ने हो भने राज्यले कृषि क्षेत्रमा गर्ने लगानी सही ठाउँमा उपयोग हुनेमा दुई मत छैन ।
त्र
