भुकम्प जनित विपत्ति प्रमशन एवम् विपन्नात्म मोक्ष प्राप्ति महायज्ञ

धरान/यही वैसाख १२ गते गएको विनाशकारी भुकम्पको तीसै दिन हिजो मंगलबार धरानको भानुचौकमा भुकम्प जनित विपत्ति प्रमशन एवम् विपन्नात्मक मोक्ष प्राप्ति यज्ञ सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद् नेपाल केन्द्रीय कार्यालय धरान सुनसरीको आयोजनामा सम्पन्न सो यज्ञमा विभिन्न धर्म सम्प्रदायका मानिसहरुले पूजा अर्चना तथा जप गरेका थिए । विद्वान पण्डित एवम् संस्कृत विश्व विद्यालयका पूर्व रजिष्ट्रार पण्डित पुरुषोत्तम भट्टराइको नेतृत्वमा २५ जना ब्राम्हणहरुले पृथ्वी मातालाई खुशी पार्न चाादीका आठ वटा हात्तीका प्रतिमा, एक गाई र एक नाग राखेर भूमि पूजा गरेका थिए । उनीहरुले चण्डी, रुद्री, वेद, भागवत, सशस्त्रनामको दिनभरी नै पाठ गरेका थिए ।
भुकम्प जनित प्रशमन एवम् विपन्नात्मक मोक्ष प्राप्ति संयोजक महावीर प्रसाद तोदीका अनुसार विहान ९ बजेदेखि एक बजेसम्म भूमि पूजन, चण्डी, रुद्री, वेद, भागवत, सस्त्रनाम पाठ गरिएको थियो भने दिउासो २ बजेदेखि ५ बजेसम्म मञ्चको कार्यक्रम सञ्चालन भएको र सााझ ६ बजे दिपाञ्जली गरिएको थियो । सो यज्ञमा स्वर्गीय मार्ग
(हेभियन्ली पाथ) का गूरु नरबहादुर राइको नेतृत्वमा ११ जनाले पृथ्वी मातालाई खुशी तुल्याउन मन्त्रोच्चारण र पूजापाठ गरेका थिए । कार्यक्रमका संयोजक एवम् विश्वहिन्दु परिषद् नेपालका सचिव सीताराम आचार्यका अनुसार इक्वाल अहमदको अगुवाईमा सात जना मुस्लिम धर्मगुरुहरुरुले समेत भूमि मातालाई खुशी पार्न नवाज पाठ गरेका थिए भने बुद्धिष्टहरुले सामुहिक मन्त्रोचारण गर्दै भुकम्पमा परी निधन भएकाहरुको स्मृतिमा १०८ द्विप प्रज्वलन गरेका थिए ।

तपाईको प्रतिक्रिया