धरान/मितव्यायी बन्न प्रेरित गर्दै सामाजिक बैद्धिक परम्परामा फजुल खर्च गर्ने आदत हटाऔं भन्दै आएको यहाास्थित विजयपुर अध्यात्मिक मञ्चले शुक्रबार पिण्डेश्वर मन्दिर परिषरमा सामुहिक संस्कारको कार्यक्रम सम्पन्न गरेको छ ।
मुलुकमा भुकम्पसागैको महाविपत्तिका अवस्थामा समेत वैद्धिक परम्परा अनुसार शुभ मुहर्त रहेका कारण सामुहिक संस्कारमा कार्यक्रम सम्पन्न गरिएको मञ्चका महासचिव उद्धव अधिकारीले बताउनुभयो । सामुहिक संस्कार कार्यक्रममा ३५ जना भन्दा बढी बालबालिका सहभागी भएका थिए । ब्रतबन्ध, गुन्युचोली, बेलविवाहमा सुनसरी, मोरङ्ग, झापा, धनकुटा, पााचथर लगायतका जिल्लाबाट बालबालिकाहरु उनीहरुका आफन्तले ल्याएका थिए ।
मञ्चका अध्यक्ष पितरुमल अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मञ्चका सम्पूर्ण पदाधिकारीहरुको सक्रियता रहेको थियो ।
