आठौा संस्करणको इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ।
आइतबार इडन गार्डेन स्टेडियममा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ४१ रनले हराउादै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । २०३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स १५० रनमा समेटिएको थियो ।
मुम्बईलाई जिताउने क्रममा लेंडल सिमन्सले सर्वाधिक ६८ रन बनाए । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।
यस्तै कप्तान रोहित शर्माले ५० रनको पारी खेले । २६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका उनी ब्राभोको बलमा जडेजाबाट क्याच भए ।
पोलार्ड र राइडुले समान ३६ रन बनाए । यता कठिन लक्ष्य पछ्याएको चेन्नई डिआर स्मिथको ५७, सुरेश रैना २८ तथा कप्तान महेन्ऽ सिंह धोनीको १८ रन बाहेक अरूले जमेर खेल्न सकेनन् । मुम्बईका मिचेल क्लिनागनले ३, लासिथ मालिङ्गा र हरबजन सिंहले समान २(२ विकेट लिए ।
