घण्टाघरबाट हेर्दा

सिडिओ र राहत
मोरङ्गका सिडिओ गणेशराज कार्की र भुकम्प पीडितहरुका लागि शून्य भन्सारमा आयात गरिएका राहतका बीचमा अत्यन्तै गाढा र सुमधुर सम्बन्ध स्थापित भा’छ । झण्डै अन्तै सरुवा भैसक्या कार्कीले वाल्वाटारतिरै दह्रो भनसुन गरेर काजमा मोरङ्ग बस्ने चााजोपााजो मिलाए । अब शिरमा वाल्वाटारकै हात भएसी बााकी कुरा के कहनु ? सिडिओले सिफारिस दिने व्यापारीले शून्य भन्सारमा राहत सामान ल्याउदै गोदाममा थन्क्याउने । छैन त सिडिओ साहेव र राहतका बीचमा गहिरो सम्बन्ध ? हुन त विचरा सिडिओ साहलाई मात्र के दोष दिनु ? आफूलाई जनताका हुनुमान हुा भन्नेहरु त गोडादुएक पालदेखि लिएर ट्रक नै गायव गर्ने धन्दामा लाग्या छन् । मन्त्री अरु उच्च पदस्थ कर्मचारीहरु पनि पीडित सम्म राहत पुग्नै नदिने ध्याउन्नमा लाग्या छन् । देशभरि नै चोरमाथि चण्डाल भएसी’विचरा पीडितहरुले फुइाय्यााको राहत पाउनु ?
रातो स्टिकर
अस्ति नै गाको भुइाचालोले कतै सत्यानास गर्‍यो, कतै आधा नाश गर्‍यो, कतै अलिकति नास गर्‍यो । नासचाहिा सबैतिर नै गर्‍यो । भुकम्पकै कारण राजधानीका कैयौ घरहरुले थरिथरिका स्टिकर पाएका छन् । स्टिकर टाास्ने कामचाहिा इन्जिनियरले पाएका छन् रे । प्रयोग गर्नै नहुने घरमा रातो स्टिकर, यसो कामचलाउ प्रयोग गर्ने घरमा पहोलो स्टिकर, मजैले प्रयोग गर्न हुने घरमाचाहिा हरियो स्टिकर ट्याप्प पारेर भित्तामा टाास्दिदा रै’छन । सिंहदरबारमा यसपटक इन्जिनियरहरुले रातो स्टिकर टाासिदिएछन् । रातो भन्या खतरा । बल्ल भुकम्प गएपछि मात्र सिंहदरबारमा रातो स्टिकर लागेछ । त्यहाा बसेर काम गर्नेवाला सबै रातो स्टिकर वाला हुन् । त्यहीबाट ठूला ठूला माने खतरनाक कमिशनका, भ्रष्टाचारका योजना बन्छन् । त्यो भवन पहिलादेखिनै रातो स्टिकर वाला हो , भुइाचालो गएपछि मात्र टाासिएको हो ।
अवसर
यसपटकको भुइाचालो बहुरुप लिएर आयो । यो भुइाचालो कसैका लागि काल बनेर आयो, कसैका लागि महाविपत्ति बनेर आयो, कसैका लागि पीडा र शोक बनेर आयो । कसैलाई उठ्नै नसक्ने थला पार्ने गरी आयो अनि कसैका लागिचाहिा सुवर्ण अवसर बनेर आयो । अवसरचाहिा टाठाबाठा व्यापारी, दलका नेता, तिनका कार्जेकर्ता र सरकारका लागि भयो , त्यसैले त यत्रो महाविपत्तिमा सरकार, दल र तिनका कार्जेकर्ता ठाम ठाममा भाषण गर्न थाल्या छन् भुकम्पलाई अभिषाप हैन अवसरका रुपमा प्रयोग गरौं । यिन्का लागि यतिबेला चौतर्फी अवसरै अवसर छन् । भुकम्पमा मर्ने र ज्यान घाइते हुनेहरुका लागि, घर ढलेकाहरुका लागि घर बनाउन देश र विदेशबाट अरबौ रकम सरकारको कोषमा झ्याम–झ्याम आइरहेको छ। अब पुननिर्माणका लागि भन्दै उक्त
रकम सरकारमा बस्ने स्वााठ र दलका ल्वााठहरुले नै पाउने हुन् । संकटका बेला भन्दै बिना टेन्डर स्वााठ र ल्वााठको हातमा पुगेसी’ पीडितहरु त उही चिल्लाको चिल्लै । अखिरी अजिंगरको आहारा दैवले पुर्‍याउाछ भन्या यही
हो ।
पीडित भोकै चामल…
अब यो देशलाई पशुपतिनाथले नै जोगाउनुपर्ने भयो । महाभुकम्पले अन्यत्र सबैतिर मर्‍याकमुरुक पर्‍याकपुरुक पारे पनि पशुपति नाथको मन्दिरलाई छुनसम्म सकेन । सबैमा यतिबेला पशुपतिनाथप्रतिको आस्था झन झन बढ्न थाल्या छ । अब हेरौ न बंगलादेशले राहतका लागि भुकम्प पीडितका पेटमा अन्न पुगोस भनेर १० हजार मेट्रिक टन चामल पठाइदियो । सरकारमा बसेका र तिनका ज्यू हजुरुरियाहरुले कााकडभिट्टा, विर्तामोड, चन्द्रगडीका गोदाममा ती चालम थन्क्याएर घुर्रर्र…घुर्रर्र गरेर सुतेका छन् । अर्काले दिएको त गोदाममा थन्क्याउने सरकारले भुत्राको पीडितलाई राहत दिन्छ ? धन्न यहााका विभिन्न सामाजिक संघ संस्थाहरुले उठाएको राहतबाट
विचराहरुको प्राणसम्म अल्झेको छ ।
सुजुको योजना चैट
धमिजा, लाउडा लगायत नेपालका सुपरहिट चलचित्रकी नायिका सुजाता जोष्ठले केही दिन अगाडि बडो फाइाफुइा गर्दै भन्या थिइन्, भुकम्प पीडित एघार जिल्लाका एघार ठाउाका बासिन्दालाई घर बनाइदिन्छु । भुकम्पबाट पीडित विचराहरु कम्ता गदगद भा’थेनन् । सुजु जोष्ठको पनि पत्रपत्रिका, रेडियो, टेलिजिभन, सामाजि सञ्जालहरुमा वाहवाही भयो , त्यसपछि एकाएक लापत्ता भइन् । सामाजिक सञ्जालमा उन्का विरुद्ध अनेकथरि मारमुंग्री चले । जो गजरता है वो बरसता नही भन्या यही हो । यिन्ले ठाउाठाउामा गएर प्याउा प्याउा बोलेको देख्दा घण्टाघरलाई त्यसैबेला भयंर शंका लाग्या थ्यो । बनाइ सुजु जोष्ठले घर ? चर्चामा आउन बोल्यामात्र हुन भन्या । ठ्याक्कै पुग्यो । बरु ती गगन थापाले केही भट्याएनन पीडितहरुलई गएर खुरुखुरु घर
टहरो बनाइदिादै छन् ।
नफाप्ने रैछ
झालेमाले पार्टीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय फाप्दैन कि क्या हो । झालेमालेको कोटामा परेको उक्त मन्त्रालयमा पहिला झालेमालेका नेता झल्लाझलुका बहीनी ज्वाई भीम आचार्य मन्त्री थिए । ज्वाई जेठानको खै के कुरामा ठ्याक मिलेन कुन्नि । सायद लेनदेनमै होला । ६ महिना नबित्दै आचार्यलाई छिर्के लगाएर झलुकै निजी सविचालय सचिव दिपचन्द अमात्यलाई पठाइयो । उनी पनि अलिबार टिक्न सकेनन् । बुधबारका दिन उन्ले स्वत्तै राजीनामा दिएर अन्डरग्राउण्ड भए । झुलुको मान्छेलाई दुई दुई पटक चान्स दिादा पनि केही नभएसी अस्तिका दिन अध्येक्षे खप्रओले कृपासुर सेर्पालाइ मन्त्री बनाए । आफ्ना दुई दुई जना पर्यटन मन्त्री सफल हुन नसकेसी झलु यतिखेर ङिच्च गर्दै हरियाा दाात देखाएर बसेका छन् ।
सद्बुद्धि आहो
सधै फुटाउने, भत्काउने, बिगार्ने, धम्क्याउने, उचाल्ने, पछार्ने
राजनीतिका नायक ती प्रचण्डाउको पनि सद्बद्धि आहो कि क्या हो ? हुन त १२ बर्षसम्म कुत्तिको पुच्छर ढुंग्रामा राख्दा बरु ढुंग्रो बाागिन्छ तर कुत्तिको पुच्छर सोझिदैन रे । तै यो विपत्तिका बेला प्रचण्डाउलाई के भलिभााति गाली गर्नु थियो ? अब हेरौ न बेल्चा गैती बोकेर प्रचण्डाउसागै उनका नन्दीभृंगी, भुतपिसाच पीडितहरुका घर निर्माणमा जुटेको छन् । दश बर्षसम्म भत्काउने सिप सिकेर आएका प्रचण्डाउलाइ सर्वसाधारणको घर टहरा बनाउन कम्ता हम्मेहम्मे पर्‍या छैन । यति नगरौ भोलिका दिन कुन मुखले भोट माग्न जानु गरौ त विचराको हातै बनाउन भन्दा विगार्न नै खसखस गर्छ । कि कसो हौ प्रचण्डाउ ?
अन्तेमा
अब यो देशाा कस्को बद्धि विग्रेर हो कि सप्रेर हो राष्ट्रिय सरकारको धुवाधार वहस हुन थाल्या छ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यही हो । बिनासकारी भुकम्पले सबैतरि खरखार पारेको बेला केही जन्त्र र फिटिक्कै सिन्को नभााच्ने नेताहरुले राष्ट्रिय सरकार बनाउनुपर्छ भनेको देख्दा र सुन्दा घण्टाघरको
रौा तनक्क तन्किदै तातिन पुग्या छ । यो महामारीमा फुइय्यााको राष्ट्रिय सरकार ? यो त सबै मिलेर लुट्ने मेलो मात्र हो । राष्ट्रिय सरकार चािहन्थ्यो भने यत्रो खर्च गरेर किन चुनाउ गराउनुपथ्र्यो ? हरुवाहरुको सत्तामा पुग्ने दाउ भन्या यही हो ।

तपाईको प्रतिक्रिया