सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास छैन

धरान । शिक्षा स्थानीय तह मातहतमा आइसकेपछि यसको सुधारका लागि स्थानीय तहहरुले विभिन्न खालका कामहरु अगाडि बढाउन थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा स्थानीय सरकार मातहतको वडा कार्यालयलेहरुले अनुगमन गर्ने गरेका छन् ।  वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावकहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न १६ नं. वडा समितिले सम्बन्धित पक्षसँग मिलेर अनुगमन गरेको हो ।


स्थानीय तह मातहतमा शैक्षिक संस्थाहरु आएपछि सामुदायिक विद्यालयहरुको गुणस्तरमा केही सुधार आएको भएपनि अभिभावकहरुले अझै पनि आफ्ना नानीहरुलाई सामुदायिक विद्यायलाई विश्वास नगरेको, नीजि विद्यालयमै महंगो शुल्कमा पढाउने गरेको पाइएको छ । ्धरान १६ मा रहेको शारदा बालिका नमूना मावि धेरै पुरानो सामुदायिक विद्यालय हो । यहाँ छात्राहरुमात्र अध्ययन गर्छन् । २००५ सालमा स्थापित यो विद्यालयले विगतदेखि शैक्षिक गुणस्तरमा ध्यान दिँदै आएको छ । विद्यालयका शिक्षकपदम लुइटेल यहाँ अध्ययनरत विद्यार्थीहरु अनुशासनमा अगाडि रहेको दाबी गर्नुहुन्छ । उहाँले जेहेन्दार र पढ्न नसक्ने विद्यार्थीहरुलाई छुट्टाछुट्टै क्याटागरीमा राखेर पढाउने गरेको बताउनुहुन्छ । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आए पनि अभिभावकमा भने सामुदायिक विद्यालयप्रति अझै विश्वास नरहेको पाइएको छ । उनीहरुले अहिले नीजि विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कम नभएको दाबी गरेका छन् । बालबाविकादेखि कक्षा ८ सम्म पढाई हुने पञ्चायत आधारभूत विद्यालयमा प्राय ः निम्न आय भएका अभिभावकका विद्यार्थीहरु मात्र अध्ययन गर्ने गर्छन् । विद्यालयको शैक्षिक गुणस्तरमा कुनै कमी नभए पनि विश्वासको कमी भएकोले एक पटक आफ्ना बालबालिकाहरुलाई यस विद्यालयमा पढाएर हेर्न अभिभावकहरुलाई विद्यालयकी सहायक प्रद्यानाक्यापक रमा सिंघक (लिम्बु)ले अनुरोध गर्नुभयो । हुन त सामुदायिक विद्यालयहरुले नीजी विद्यालय बोर्डिङजस्तै कक्षा १ देखि नै अंग्रेजी माध्ममा पढाइ शुरु गरेका छ् । धरान १६ को भगवती आधारभूतविद्यालय पनि धरानको पुरानै विद्यालयभित्र पर्छ यो विद्यालयमा पनि अहिले अंग्रेजी माध्यमबाट पढाइ हुने गर्छ । यस विद्यालयमा सुकुम्बासी बस्ती, गरिब तथा असहाय वर्गका विद्यार्थीहरु अध्ययन गर्ने भएकोले विद्यालय पोसाकदेखि निःशुल्क उपलब्ध गराउनेदेखि अन्य कुरामा छुट दिएको छ । तर पनि विद्यार्थीको संख्यामा वृद्धि हुन नसकेको भगवतीका प्रद्यानाध्यापक अच्युत पराजुलीले बताउनुभयो । संस्कृत माध्यमबाट पढाइ हुने धरानकै पुरानो चन्द्र सँस्कृत माविको पनि हालत अन्य सामुदायिक विद्यायको भन्दा फरक छैन । सँस्कृत माध्यमबाट पढाइ हुने धरानकै एक मात्र विद्यालयको शैक्षिक गुणस्तरमा जति सुधार गरे पनि विद्यार्थीको संख्यामा भने वृद्धि हुन नसकेको सहायक प्र.अ. तारा कुमार राई बताउनुहुन्छ । धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारी भट्टराईले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार भएपनि अभिभावकको विश्वास जित्न सामुदायिक विद्यालयले नसकको बताउनुभयो । उहाँले अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार भएको पाइएकोले सम्पूर्ण वडाबासीहरुलाई आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया