घण्टाघरबाट हेर्दा

बालेन कन्फयुजमा
काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन साह यतिबेला घोर कन्फ्युजमा छन् । सिंहदरबारले काठमाण्डौको हितमा काम नगरेपछि सिंहदारबारको फोहोर नउठाउने बालेनले घोषना गर्दिए । धेरैले बालेनले ख्याल ख्याल ग¥या होलान् भन्ठान्या थिए । तर किन ख्याल ख्याल गर्थै बालेन ? फोहोर नउठाउने भनेसी नउठाउने । त्यसपछि सिंहदरबार, शितल निवास, वाल्वाटारका भलाद्मीहरुको नाक फुटुन्ज्याल भएछ । भलाद्मीहरुले बालेनलाई खुब फकाए, त्यसपछि धम्क्याए अनि केही गरी नचलेसी सर्वोच्चमा बिलौना गर्न पुगेछन् । सर्वोच्चले हतार हतार आफ्ना फोहोरी मालिकहरुको दुदर्शा देखेर तीन दिन भित्र फोहोर उठाउनु भन्ने आदेश दे छ । पाँच हजारलाई मैले निमोठेकै हो भन्नेलाई अपराधी घोषित गरेर सजाय दिन नसक्ने सर्वोच्चका झोलेहरुले बालेनलाई थर्काउनै खोजेछन् । के टेर्थे बालेन ? अब त सर्वोच्चको फोहोर पनि नउठाउने उल्टै निर्नय गर्दैछन् ।


जन अदालत…
यतिबेला देशैभरि सर्वोच्च अदालतका विरुद्धमा आवाज उठ्न थाल्या छ । अब झोले अदालत खारेज गरेर जन अदालत बनाउनुपर्छ रे । विरोध गरेर मात्र त भए नि गाँठे ? सर्वोच्चभित्रका भोलेहरु कोही काँग्रेसको झोला बोकेर छिरेका छन्, कोही एमालेको झोला बोकर छि¥या छन्, कोही माउवादीको झोला बोकेर छि¥या छन् । सबै एउटा न एउटाको झोला बोेकेर छि¥या छन् । माने भागबण्डा । अब त्यसरी झोला बोकेर छिरेपछि फैसला पनि त्यसै अनुरुप गर्नै प¥यो । जबसम्म ९ दलीय समर स्वाँठहरुको झोला बोकनेहरु रहन्छन् तबसमम न्याय पाउनु त उही हो ।
गेले जादव
सिंहदारबार भित्रको फोहोर सुँघ्न ब्यग्र बनेका जसपाका अध्येक्षे उपिन्दर जादव उप निर्वाचनमा गेले । माने भारी मतले निर्वाचन हार्ने निश्चित देखिएको छ । ९ दलीय नक्कली गठबनधनले उपिन्दरलाई भोट मागेछन् । उही मागिदिने त हो । बाराका जनताले निर्नय गर्ने हुन् । हैन हौ उपेन्दरलाई मत माग्न सिंहदरबारको फोहोर राज्यको सम्पूर्ण स्रोत साधनको दुरुपयोग गरेर बारा पुगेछन् । सिंहदरबारकै बाछिटाबाट दंगदंग्ती गन्हाएका स्यालबहादुर, पुतली जुँगे माकुनेहरु पनि सँगै गएछन् । ९ दलले गरेको आमसभा देखेपछि सिंहदरबारको फोहोरको निधारबाट चिट–चिट पसिना आएछ । शायद बाराका मतदाताहरुको नाक फुटुन्ज्याल गन्हाएछ कि क्या हो ? नत्र यसो भिडभाड त हुनु पर्ने हो ।
खास्टा र साडी
तनहु र चितनौनका जन्तालाई शेरु आरजु प्राइभेट कम्पनीले अस्तिका दिन खास्टा र साडी बाँडेछन् । खास्टा र साडीसँगै यसो थैलीको व्यवस्था पनि ग¥या थिए । अब खास्टा, साडी र थैली बाँडेसी’ चितौन र तनहुमा चुनाव जित्ने सपना शेरु आरजु जोइ पोइले देख्दा होलान् । विचराहरुलाई के थाहा चितौन र तनहुँ, डँडेलधुरा जस्तो हैन भनेर दिएका सामान राखिदिन्छन्, मालचाहिँ चप्काइदिन्छन् । नौ दलीय गठबन्धको लुर जनताले देखाइदिन्छन् । अब पनि साडी र खास्टा बाँडेर चुनाउ जितम्ला, सत्तामा पुगेर मुलुक लुटम्ला भन्ने सपना नदेखे नि हुन्छ ।
सातै लिएछन् काजीको
नेपाली लाँग्रेसका महामन्त्री गनगने थापा काजीको महिला मतदाताहरुले सातै उडाइदिएछन् । भाउजुको निर्देशनमा चितवन झरेका गनगने काजीलाई चितवनै छाडेर भागौ भागौ भएछ । चितवन छाडौ भने काठमाण्डौमा भाउजुले भकुर्लिन्, ¥याले दादाले ¥याल चुहाउँदै हप्काउलान् । विचरालाई कम्ता आपत छैन । चितवनमा नाममात्रका जित नारायणलाई जिताउन बेलिया विस्तार बोकेर झ¥या थिए । एउटा घण्टीसँग एक्लै जुध्ने ल्याकत नभएसी’ नौ दलका चुनाव चिन्ह भएको भोटो लगाएर गाउँँ डुल्दा खित्का छाडेर नहाँस्ने कोही भएनन् । महिला मतदाता घण्टी भन्छन्, युवा मतदाता घण्टी भन्छन्, बृद्धबृद्धाहरु घण्टी भन्छन् । अब त जीत नारायाणलाई सत्ताको चमत्कारिक शक्तिले मात्र पार लगाउँला जस्तो देखेसी काजी चुनाव भन्दा अघिल्लै दिन लापत्ता भए रे ।
फाउमा घरेलु मन्तरी
फाउमा घरेलु मन्तरी भा’का लारायन काजीले अस्तिका दिन भन्या यतिबेला राजनीतिक उपलब्धी माथि चौतर्फी आक्रमण भा’छ रे । राजनैतिक उपलब्धीले ल्याकत नभएका, झोले, टपरे, हुक्के, बैठकके, चौकण्डीबाजहरु गैँडा मोटाएझै मोटाएका छन् । जनताका छोराले राजनैतिक उपलब्धीबाट फुइøयाँ पाएका छन् ? अहिलेको राजनैतिक उपलब्धी जनतालाई काउँछो भा’छ । जता पनि चिलाउने । राजनैतिक उपलब्धीले पढेलेखेका युवाहरुलाई बेल्चा चलाउन खाडीमा पु¥याएको छ, छोरीचेलीलाई स्वदेशदेखि विदेशसम्म डिस्को बारमा पु¥याएको छ । राजनैतिक उपलब्धीले फाइदा त उही हिजोपनि लुटेका, आज पनि लुटिरहेका लुटेरासमूहलाई भा’छ कि कसो हौ ? सदैव फाउमा सत्ताको तर खाने लारायन काजी ?
चर्चित गुइ“ठे गीत
गुइँठे गीत यतितबेला चर्चित भएको छ । धरान उपमहानगरपालिकाका प्रमुखद्वारा संगीतबद्ध र उहाँकै स्वरमा गाइएको गीत यतिबेला धरानका लाखौ मानिसको मुखमा झुण्डिएको छ । सडकमा हिँड्दा पनि गुइँठे हौ गुइँठे, गुइँठे मेरो साथी गुनगुनाउँदै हिड्ने युवा युवतीहरुको संख्या ठूलो देखिन्छ । गुइँठे गीतको लोकप्रियता यतिबेला यति बढेर गएको छ कि यसले स्दवदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत विस्तारै चर्चा पाउने आँकलन गरिएको छ । गुइँठे गीतका शब्दहरु कुनै काल्पनिक पात्रमा केन्द्रित नभएर यथार्थ वास्तविक सजिव पात्रलाई आधार बनाइएकोले पनि गुइँठे गीत चर्चित बनेको हो ।
अन्तेमा
आफूलाई ठूलो पार्टी भन्ने दलहरु यस पटकको उप निर्वाचनसम्म आइपुग्दा सुकेर लौरा जस्ता भएछन् । जाबो तीन ठाउँको निर्वाचन जित्न बेजातका ९ भाईहरु एक भएर दौडदा पनि कुनै लछारो लागेन । मौन अवधिको ती बेजातका ९ भाईले ख्याल गरेनन् । मौन अवधिमा पनि चिच्याई चिच्याई भोट माग्न गाँठ बोकेर हिँड्दा स्थानीयले करङ खुस्काउन्जेल बजाए, लखेटेछन् । अरु साना दल हौ भन्ने बेजातकाहरुसँग कुनै लगान गाँठो नकसेकाहरु मौन अवधिमा चुपचाप थिए । मौन अवधि भन्या नै चुपचाप बस्नु हो । जे होस अब बेजाते नौ भाइहरु आगामी निर्वाचनमा एक्ला एक्लै हिँड्न, बोल्न पनि नसक्ने अवस्थामा पुगेछन् । यसलाई शुभै मान्नुपर्छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया