भुकम्प पीडितका लागि १७ लाख : भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशंसा

मुम्बई (एजेन्सी)/बलिउड चलचित्रका सुपरस्टार अभिनेता अभिताव बच्चनले नेपालका भुकम्प पीडितहरुको सहयोगका लागि रु ११ लाख भारु (१७ लाख ६० हजार नेपाली रुपैयाा) सहयोग गरेका छन् ।
गत वैसाख १२ गते र २९ गते सागै दैनिकजसो गएका पराकम्पनले हजारौ नेपालीले ज्यान गुमाएका छन् भने लाखौ घाइते भएका छन् । भुकम्पका कारण अरबौको सम्पत्ति नष्ट भएको छ । भुकम्प गएको झण्डै महिना दिन बित्न लाग्दासम्म सरकारले हालसम्म दुरदराजका गाउाहरु सम्म एउटा त्रिपालसम्म पुर्‍याउन सकेको छैन ।
भारतीय अभिनेता अभिताभ बच्चनको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत धन्यवाद र आभार व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमा लेख्नुभएको छ, नेपालका भुकम्प पीडितहरुका लागि सहयोगार्थ सिनियर बच्चनले पधामन्त्री राहत कोषमा प्रदान गर्नुभएको ११ लाख भारु सहयोगका लागि धन्यवाद दिन चाहन्छु । उहाको नम्र र करुणाप्रद भावनाको कदर गर्दछु ।
नेपालमा भुकम्प गए लगत्तै सुपरस्टार अभिनेता अमिताभ बच्चनले ट्विट गर्दै भनेका थिए म भुकम्पबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको सिघ्र स्वास्थलाभको कामना गर्दछु । जेठ १० गते बच्चनले ट्विटमार्फत भारतका अन्य कलाकारलाई समेत नेपालका भुकम्प पीडितहरुको सहयोगका लागि आग्रह गरेका थिए । उनको ट्विटसागै अन्य कलाकारहरुले पनि नेपालका भुकम्प पीडितहरुका लागि सहयोग गर्ने मनस्थिति बनाएको एजेन्सीहरुले जनाएका छन् । यहाा स्मरणीय कुरा के छ भने नेपालमा भुकम्प गएको केही घण्टाभित्रै भारतले हेलिकोप्टरसहितको राहत सामाग्री बोकेक उद्धार टोली नेपाल पठाएको थियो । भुकम्प पीडितहरुका लागि खाद्यान्न, टेन्ट त्रिपाल, तारपुलिन, औषधि, लत्ता कपडा भारत सरकार, राज्य सरकार, भारतीय जनता, विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबाट सबैभन्दा बढी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया