एस जयशंकरद्वारा शुभकामना

धरान । नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री नियुक्त हुनु भएकोमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बधाई एवम् शुभकामना दिनु भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गर्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्ति गर्नुभएको हो । झण्डै दुई महिनादखि परराष्ट्र मन्त्रालय प्रधानमन्त्री दाहालले आफ्नै मातहतमा राख्नु भएको थियो ।


पराष्ट्रमन्त्रीमा नियुक्त हुनु भए लगत्तै भारतीय विदेशमन्त्री डा.एस. जयशंकरले सामाजिक सञ्जाल ट्वीट मार्फत हाम्रो वहुआयामिक साभेदारीलाई बलियो बनाउन यहाँसँग मिलेरकाम गर्न तत्पर छु । यहाँको नयाँ भूमिकाको सफलताका लागि शुभकामना । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकटरहेका साउद पहिलो पटक परराष्ट्र मन्त्रीको भूमिकामा देखिनु भएको हो । यसभन्दा अगाडि साउद सिँचाई मन्त्री, शिक्षा तथा खेलकुद राज्य मन्त्रीको जिम्मेवारी सम्हालनु भएको थियो ।

तपाईको प्रतिक्रिया