ढले यातायात क्षेत्रका हस्ती

धरान । वृटिश सेनाका निवृत्त लेफ्ेिटनेन्ट अनरेरी क्याप्टेन तथा लिम्बुवानी इतिहासका खोजकर्ता अक्कलबहादुर मेन्याङ्बोको ९१ बर्षको उमेरमा निधन भएको छ । वृटिश सेनाको लेफ्टिनेन्ट अनरेरी क्याप्टेनबाट सेवा निवृत्त हुनुभएका मेन्याङ्गबोले जीवनका बाँकी समय इतिहास लेखन, अनुसन्धान, समाजसेवा, रोजागारीको सिर्जना, यातायात व्यवसाय आदिका लागि खर्चिनु भएको थियो ।


कोशी यातायात व्यवसायी संघका अध्यक्ष, पूर्वाञ्चल मोटर यातायात प्रा.लि. का निर्देशक समेत रही यातायात व्यवसायीहरुको हितमा काम गर्दै आउनु भएका मेन्याङबोकै सक्रियतामा रानी पेट्रोल पम्प सञ्चालनमा आएको थियो । पूर्वाञ्चल मोटर मोटर यातायात प्रालिका सह निर्देशक रामप्रसाद खनाल मेन्याङ्बोलाई एक असल व्यक्तित्वको रुपमा स्मरण गर्नुहुन्छ । एउटा सैनिक पेशाबाट आएको व्यक्ति व्यवसायमा जुन रुपमा पारंगतता देखियो त्यसलाई चानचुने मान्न सकिदैन । वि.सं. १९८९ साल कार्तिक २९ गते ताप्लेजुङ जिल्लाको साविक सिगैचामा जन्मन्नु भएका मेन्याङ्बोको निधनलाई यातायात व्यवसायीहरुले अपुरणीय क्षतिको रुपमा लिएका छन् ।

तपाईको प्रतिक्रिया