उकुसमुकुस गर्मीमा दुरदराजसम्मको दृष्यावोकन गर्दै रुची परिकारको स्वाद लिँदै

इटहरी । वाह्य बजारको तुलनामा गुणस्तरीयसँगै सर्लसुलभ मूल्यमा ग्राहकको माग बमोजिम हरेक सामाग्री उपलब्ध  गराउँदै आएको गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचन यतिबेला ग्राहकहरुको सर्वाधिक भीड देखिने गरेको छ । हुन त गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउण्ड फ्लोरदेखि छैठौ तलासम्म ग्राहकहरु आफ्नै रोजाइमा सामान खरिद गर्न तल्लीन देखिन्छन् । तर यतिबेला गोेरखा किचेन थप भीड देखिएको सम्बन्धमा स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ गोरखा किचेनको आफ्नै विशेषता छ जसले गर्दा ग्राहकको रुची किचेनप्रति बढेको हुनसक्छ ।


स्वादिष्ट खानाका साथै दर्जनौ भेराइटीका परिकार, चीसो सफ्ट डिं«ग्स पेय पदार्थ,  गोरखा डेरीको आफ्नै उत्पादन, स्वादिष्ट दहीबाट निर्मित लस्सी लगायतका परिकारले ग्राहककरुको किनमेल भन्दा पहिलो रोजाइ गोरखा किचेन बन्न पुगेको छ । वैसाख १ गतेलाई नेपाली नागरिकहरुले नयाँ बर्षको रुपमा मनाइरहँदा सीमावर्ती भारतीय नागरिकहरु हिन्दु सम्बतको रुपमा मनाउन इटहरी, भेडेटार हुँदै हिलेसम्म पुगेका थिए ।  इटहरीमा त्यसरी हिन्दु सम्वत मनाउन नेपाल आएकाहरुले गोरखा डिपार्टमेन्टमा आफू अनुकुलको समय विताएको म्यानेजर गौतम बताउनुहुन्छ । म्यानेजर गौतमका अनुसार उहाँहरु फर्कदा गिÏट आइटम, इलेक्ट्रोनिक्स आइटम, आकर्षक स्वदेशी तथा विदेशी जुत्ता चप्पल, सर्टिङ सुटिङ्गका कपडा, विेशी ब्राण्डका अन्य सामान खरिदसँगै गोरखा किचनमा रमाएका थिए ।
इटहरीस्थित गोरखा किचनको प्रमुख विशेषता स्मोकिङ्ग जोनको छुट्टै व्यवस्था, दुर दराजसम्म देखिने मनोरम प्राकृतिक दृश्यहरु नै हुन् । यसबाट भारतीय पर्यटकमात्र नभएर नेपालका आन्तरिक पर्यटकहरु समेत लोभिने गरेको म्यानेजर गौतमको कथन छ । हिन्दु विक्रम सम्बतका समयमा विराटनगर नाकाबाट मात्र २५ देखि ३० हजार भारतीय सीमावर्ती क्षेत्रमा पर्यटक भित्रिएको अनुमान विराटनगर भन्सार नाकाको अनुमान रहेको छ । त्यसरी आएका  भारतीय पर्यटकहरुमा केही परिवारका साथ आएका थिए भने केही आफ्नै उमेर समूहसँग आएका थिए ।

गोरखा होटलमा’ अब हरेक दिन स्पेशल आइटम

इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको रुचि र चाहनालाई मध्यनजर गरी इटहरीस्थित डिपार्टमेन्ट स्टोरको किचेन र गोरखा होटलमा अब हरेक दिन मासुजन्य परिकारका स्पेशल आइटम पस्कन थालेको छ । हप्तामा सातै दिन स्पेशल आइटम पस्कन थालेपछि ग्राहकहरुको भीड उल्लेखनीय हुन थालेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ आइतबार बोकाको मासु, सोमबार माछा, मंगलबार भुटन, बुधबार हाँस, विहीबार परेवा, शुक्रबार परेवाको स्पेशल आइटम बन्ने भएको छ । यो होटलकातर्फबाट ग्राहकका लागि तयारी पारिएका स्पेशल आइटम हो । अन्य सबै आइटम हुनेछन् । ग्राहकले मागेको सबै आइटम पाइन्छ तर योचाहिँ स्पशेल होटलका तर्फबाट प्रदान गरिने आइटम हो ।
अहिलेको अवस्थामा ग्राहकहरुले आफ्नो चाहना अनुसार खान खोज्छन् परेवा खान मन लागेमा परेवा खाने ठाउँ पाइदैन, बोकाको मासु सबै ठाउँमा पाइदैन, कोशीको माछा सबै ठाउँमा पाइदैन, हाँसको मासु सबै ठाउँमा पाइदैन । यसरी चाहना अनुरुप सामान पाइएपछि ग्राहकहरु किचन र होटलमा अत्याधिक बढेको गोरखा डिपार्टमेन्टका प्रबन्ध निर्देशक आचार्य बताउनहुन्छ । यस्ता स्पेशल आइटमको मूल्य के कस्तो रहेको छ त भन्ने सवालमा आचार्य भन्नुहुन्छ प्राइस पनि रिजनेवल हुन्छ यसभन्दा अगाडि स्टोरले घोषणा गरेको ६ बजेपछि २० प्रतिशत छुटको व्यवस्था छँदैछ ।
उता गोरखा होटल पनि यतिबेला एभरेजमा ८० प्रतिशत प्याकमा चल्न थालेको छ । विगतमा कोरोना भाइरसका कारण होटल व्यवसाय नै धराशायी बनेको थियो । कारोना भाइरसको प्रकोप कम हुँदै गएपछि होटल व्यवसाय पनि तंग्रिन थालेको छ । डिपार्टमेन्ट स्टोरले आफनै परिसरमा ४२ करोडको लागतमा दुई बर्ष अगाडि गोरखा होटल सञ्चालनमा ल्याएपनि कोरोना प्रकोप देखिएपछि लगातार भएको लकडाउनले होटल व्यवसायी नै थला नै परेका थिए । हाल होटल गोरखामा नेपालका विभिन्न स्थानका गरी भारतका समेत ग्राहक आउन थालेको सञ्चालक आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, अनलाइन, टेलिफोनबाटै ग्राहकहरुले होटलका कोठाहरु बुक गराउन थाल्नु भएको छ ।

गोरखाको बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ झुका,दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया