धरान । धरान उपमहानगरपालिका वडा नं. ८ ले वडामा रहेका गरिब, दलित, अल्पसंख्यकलाई मध्यनजर गरी स्वास्थ्य शिविरको आयोजना गरेको छ । विराट नर्सिङहोमबाट आएका चिकित्सकहरुले त्यहाँ आएका सर्वसाधारणलाई मुटु, उच्च रक्तचाप, मधुमेह भएका समस्या भएकाहरुको चेकजाँच गरेको थियो । स्वास्थ्य चेकजाँचसँगै वडाले अहिले कोरोना महामारी फैलिन थालेपछि पूर्व तयारी समेत थालेको छ । सर्वसाधारणको सहज उपचारसँगै कोरोना संक्रमण न्यूनिकरणका लागि पूर्व तयारी थालिएको धरान ८ का वडाध्यक्ष धनबहादुर राईले बताउनुभयो । सो अवसरमा १ सय ३८ जना वडाबासीले चेकजाँच गरेका थिए । निम्न वर्गका सर्वसाधारणलाईलक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्य शिविरमा आउने सर्वसाधारणले समेत चेकजाँच गराउन पाउँदा खुशी व्यक्त गरेका थिए ।
