धरानको भानुचौकमा योग शिविर

धरान । ‘योग गरौ, निरोगी बनौ’ भन्ने नाराका साथ धरानको भानुचौकमा पतञ्जली यो समिति धरानले एक हप्ते योग शिविरको आयोजना गरेको छ । शिविरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समेत उपस्थिति रहेको थियो । उहाँले योग गरिसकेपछि बोल्दै मानिस शरीर र मनको संयोजनले जीवन बनेको बताउनुभयो । उहाँले शरीरलाई चलाउने मन हुने बताउदै यो योगबाट मन विचल्लित हुनबाट रोक्ने भएकोले योग प्रभावकारी रहेको बताउनुभयो । उहाँले एकाग्रको लागि मनको  शान्तिको लागि योग अति आवश्यक रहेको बताउनुभयो । उहाँले योग पतञ्जलीले गरेको कार्यको प्रशंसा गर्नुभयो ।


योग शारीरिक तथा मानसिक  रोगी दुवैका लागि आवश्यक रहेको पतञ्जली योग समिति धरान उपमहानगर समिति धरानका अध्यक्ष सुमनमान स्थापितले बताउनुभयो । उहाँले दैनिक विहान एक घण्टा योग गरे यस्ता समस्या समाधान भएर जाने बताउनुभयो । योग गर्दा स्वस्थ रहिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि धरानको मुटु भानुचौकमा प्रत्येक विहान ७ दिनसम्म योग शिविरको आयोजना गरिएको महिला पतञ्जली योग समिति सुनसरीकी अध्यक्ष सुशिला उदासले बताउनुभयो । उहाँले निरोगी बन्न योग अति आवश्यक  रहेको बताउनुभयो । पतञ्जली योग समितिले समय समयमा विभिन्न ठाउँमा यस्ता योगका कक्षाहरु समेत दिने गरेको छ । नयाँ बर्षको अवसरमा पारेर वैसाख १ गतेबाट योग शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया