सुत्केरी महिलाई पौष्टिक आहार

धरान । धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा  रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार प्रदान गरेको छ । वडामै रहेको आधारभूत स्वास्थ्य चौकीबाट महिलाहरुलाई अण्डा, गेडागुडी लगायतका पौष्टिक खाना वितरण गरेको हो । वडामा रहेका अति विपन्न परिवारका २८ जना सुत्केरी महिलालाई एक हप्ता पुग्ने पौष्टिक सामाग्री वितरण गरिएको धरान उपमहानगरपालिका वडा नं. १६ की वडादसस्य शुशिलाकुमारी श्रेष्ठले बताउनुभयो ।  उहाँले वडामा सुकुम्बासी बस्ती ठूलो रहेको बताउदै सबै सुत्केरी महिलालाई पौष्टिक आधार दिन नसकेपनि अति विपन्न परिवारका सुत्केरी महिला छनौट गरेर वितरण गरिएको बताउनुभयो । पौष्टिक आधार प्राप्त गर्ने विपन्न परिवारका महिलाहरुले आफूहरुलाई राहत मिलेको बताएका थिए ।

तपाईको प्रतिक्रिया