धरानको धार्मिक क्षेत्रमा टालटुले सडक

धरान । धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरको सडक विस्तारको सट्टा भत्किएको सडकलाई टालटुल गर्ने काम शुरु गरेको छ ।  सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरान १४ विजयपुरमा बनिसकेका तर भत्किएका सडक टालटुल गर्ने काम शुरु गरेको हो । बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक टूाफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो ।


यसमध्ये धरान १४ विजयपुरको विजयपुरदेखि पाँचकन्यासम्मको सडकलाई स्तरोन्नति शुरु भइसकेको छ । सडक विस्तार गर्ने योजना नभएपनि भत्किएका खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने रहेको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठले बताउनुभयो । मापदण्डमा ३० फुटको बाटो विस्तार गर्ने दीर्घकालीन योजना भएपनि सडक छेउछाउका घरधनीहरुले भत्काउन नदिएकोले काम गर्न नसकिएको इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ । उहाँले बाटो विस्तार गरेर दीर्घकालीन सडक निर्माण तीन चार बर्ष भित्रमा सक्ने योजना उपमहानगरपालिकाले लिएको बताउदै अहिलेलाई चाहिँ भत्किएको, खाल्डाखुल्डी परेका ठाउँलाई टालटुल गर्ने काम मात्र अगाडि बढाइएको बताउनुभयो ।  शुक्रबार टालटुले सडकको उपमहानगरपालिकाको टोलीले अवोलकन समेत गरेको थियो । अवलोकनको संयोजकमा उपमेयर अइन्द्र विक्रम बेघा रह्नु भएको छ । सो टोलीमा इन्जिनियर सुरज श्रेष्ठ, उपमेयर अइन्द्र विक्रम बेघा, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरदेखि पञ्चकन्यासम्म स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनपश्चात बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले निर्माणको कामलाई नियमित अनुगमन गर्ने बताउनुभयो । उहाँले पञ्चकन्यामा शुरु भएको रेसोलिङको कामलाई पहिलोपटक अनुगमन गरेको बताउदै नियमित अनुगमन गरेर काम प्रभावकारी बनाउनेतर्फ उपमहानगरपालिकाको ध्यान जाने बताउनुभयो । दीर्घकालीन सडक निर्माणको विषयमा उपमेयर बेघाले १४ नं. का वडाध्यक्षले अहिले आधा सडकमात्र विस्तार गर्न सकिने र आधामा समस्या रहेको जानकारी दिएपछि अहिलेलाई ३० फुटे बाटो विस्तारलाई थाँति राखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया