नयाँ बर्षमा मठ मन्दिरमा भीड

धरान । नयाँ बर्ष सालको आगमनसँगै धेरै सर्वसाधारण पूर्वका रमणीय स्थल घुम्न जाने, रमाइलो गर्ने, वनभोज जाने, साथीभाइसँग मिलेर पार्टी गर्ने लगायतका कामहरु हुने गर्छन । नयाँ बर्षको पहिलो दिन राम्रो कामबाट शुरु गरे बर्षभरि नै राम्रो हुन्छ मान्यता पनि राखिने गरिएको छ । यस बर्षको नयाँ बर्षमा धेरै सर्वसाधारण साथीभाई, सपरिवारसँग घुम्ने, डुल्ने गरेर रमाइलो गरे पनि केहीले भने मन्दिरको दर्शन गरेर नयाँ बर्षको शुरुवात गरेका थिए ।


नयाँ बर्ष लाग्ने वित्तिकै पूर्वको पहाडी जिल्ला धनकुटाको भेडेटार, लालीगुरासको राजधानी टिएमजेमा जाने, घुम्ने, टिकटक बनाउने संख्या अत्याधिक हुन्छ । यस दिन सवारी जामका कारण सवारी आवगमनमा समस्या हुन्छ । तर केही यस्ता सर्वसाधारण थिए घुम्न, रमाइलो गर्नुभन्दा पनि मन्दिरको दर्शन गरेर नयाँ बर्षको शुरुवात गरेका थिए । नयाँ बर्ष २०८० को आगमनको पहिलो दिन तथा शनिवार पनि धरानका विजयपुरमा रहेका मठमन्दिरमा पूजाआजा तथा दर्शन गरेर सुनौलो जीवनको परिकल्पना गरेका छन् ।  शुक्रबार इटहरीबाट सपरिवार आउनु भएकी अञ्जु गौतम शुक्रबार धरानको विजयपुरमा  रहेको दन्तकाली मन्दिरम भेटिनुभयो । नयाँ बर्षको शुरुवात मन्दिरको दर्शन गरेर गर्ने सोचका साथ आउनु भएकी उहाँले देवी देवताको दर्शनबाट नयाँ बर्ष शुरु गर्दा यो बर्ष राम्रो हुने सोचले दर्शन गर्न आएको बताउनुभयो । परिवारसँग घुम्न जाने, रमाइलो गर्ने धेरै भएपनि धेरै सर्वसाधारण मन्दिरको दर्शन गरेर नयाँ बर्षको शुरुवात गरेको पाइएको धरान १६ का रमण घिमिरे बताउनुहुन्छ । नयाँ बर्षको शुरुवातमा मन्दिरमा गएर दर्शन गरे नयाँ बर्ष सुखद हुने विश्वास उहाँको थियो । इटहरीबाट आउनु भएका दर्शन लुइटेलले सबैभन्दा ठूलो देशमा शान्ति अमन चयन भएको बताउदै नयाँ बर्षको पहिलो दिन देवालयको दर्शन गर्न परिवार, समाज र देशमा शान्ति मिल्ने विश्वास व्यक्त गर्नुभयो । गौतम, घिमिरे र लुइटेल मात्र हैन धरानका मठमन्दिर दर्शन गर्न हजारौ सर्वसाधारण विजयपुरमा आएका थिए । पहिलो बर्षको पहिलो दिन राम्रो कामको शुरुवात गरे बर्षभरि नै राम्रो हुने उनीहरुले बताएका थिए । शुक्रबार नयाँ बर्षको पहिलो दिन धरानका मात्र हैन कोशी प्रदेशका विभिन्न जिल्लाबाट धरान १४ विजयपुरमा रहेका मठमन्दिरको दर्शन गर्न आएका थिए । शुक्रबार नभ्याएकाहरुले शनिवार समेत दर्शन गर्नेको भीड उत्तिकै थियो । उनीहरुले विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या तथा पाथीभराको मन्दिर गरेर फर्किएका थिए । सर्वसाधारणको अचाक्ली भीडले उनीहरुमा धार्मिक आस्था बढेको देखिन्छ ।

तपाईको प्रतिक्रिया