घण्टाघरबाट हेर्दा

देवर भाउजु २ फ्लब हुदै
झण्डै दुई महिना अगाडि निर्माण शुरु भएर प्रचार प्रसार गर्दै गरेको र १० गते रिलिज हुने देवर भाउजु २ चलचित्र दर्शक उदाशीन देखिएका छन् । स्यालबहादुर जुआर निर्माता रहेको फिल्मको लगानी पर्धानमन्तरी प्रचण्डाउले ग¥या थे । मुख्य भूमिकामा थाँग्रेसका दुई चर्चित युवा कलाकार भएपनि गोलमाल ढंगलले बनेको चलचित्र भएका  कारण प्रारम्भमै तनहुँ र चितवनमा दर्शकहरु उदासीन देखिएका छन् । दुई चर्चित कलाकारहरुको भद्धा डाइलग, निर्माता स्यालबहादुृर र  जुआरले भने बमोजिम मात्र बोल्ने, दुवै कलाकाकारको आफ्नोपन नभएकोले १० गते फिल्म Ïलप भएको घोषणा हुने देखिएको छ । माने चितौन र तनहुँका दुवै हलबाट फिल्म Ïलप भएको निर्णय आउने पक्का भएको छ । उता बारा २ बाट सिके चलचित्रले बे्रेकअप गर्ला जस्तो छ । हलमा चलचित्र नलाग्दै दर्शकहरु टुरिष्ट कालाकारले अभिनय गरेको चलचित्र नेहर्ने निष्कर्षमा पुगेका  छन् । मोरङ, सुनसरी, सप्तरी हुँदै दर्शकलाई उल्लु बनाउन पुगेका कलाकार उपिन्द्र जादवले लगानी पनि उठाउन नसक्ने अवस्थामा देखिएको छ ।


सिसडोलमा डम्प गर्ने रे
काठमाण्डौका जनताले त्यसै काठमाण्डौ महानगरपालिकाको  मेयरमा बालेन साहलाई जिताएका होइन रै’छन् । बालेन भन्या बाले नै रै’छन् । अब हेरम अस्तिका दिन साहले अबदेखि सिंहदरबारभित्रको फोहोर नउठाउने घोषनै गर्देछन् । हुन पनि हो उठाएर साध्यै छैन । जतिखेर पनि त्यहाँ फोहोरमात्र भइरहन्छ । कहिल्यै सिहदरबारभित्र सफा कामै हुदैन । त्यसैले पनि होला सिंहदरबार
छिरेकाहरु चौवीसैघण्टा दंगदग्ती गन्हाइरहेका हुन्छन् । किन नगन्हाउन त कहिले कस्को बासी लिटो खाएका छन् कहिले कस्को जाडौरी मागेर लाएका छन् । बालेनले भनेझै फोहोर उठाउनु भन्दा फहोरीहरुलाई नै सिसडोलमा लगेर डम्पिङ गर्दियो बातै खँलास । कमसेकम सिंहदरबारबाट देशैभर दुर्गन्धत फैलने थिएन ।

भीरबाट लड्न् गोरु…
भीरबाट लड्न लागेको गोरु देख्दा राम राम भन्न सकिन्छ काँधै थापेर बचाउन सकिदैन । दाजुभाउजु प्रा.लि. माने शेरबहादुर आरजु कम्पनी यतिबेला भीरबाट लड्न थाल्या छ । अब हेरम न अस्तिका दिन आदेश बमोजिम सानेपा कार्यालयले एउटा आदेश जारी गरेछ । बारा क्षेत्र नं. २ बाट उपनिर्वाचनमा खडा भएका उपिन्दर जादवका विरुद्धमा लेख्ने, बोल्नेलाई कारबाही गर्ने रे । लोकतन्त्रमा यो भन्दा भद्धा मजाक के हुन सक्छ ? लोकतन्त्रमा सबैका विरुद्ध लेख्नै नपाइने बोल्नै नपाइने भए फुइøयाँको लोकतन्त्र ? उपिन्दर जादवलाई आरजु कम्पनीले किन काँधमा बोक्या होला ? काँध चिसो बनाएको दिन चेत खुल्छ ।
सम्मानजनक पद….
सर्पनाथ माने झल्लाझलु सडिएका हुन कि पछुताएका बुझ्नै पो गाह«ो भयो । हुन त सर्पनाथ सद्धे कुरा त कहिले पो गर्छन् र ? अस्तिका दिन तिनले भन्या झालेमालेले आफूलाई सम्मानित पद दिए फर्कन्छु रे । कात्रो ओढ्ने बेलामा पनि झलुलाई पदै चाहिएको छ । खुबै माकुनेको पछि पछि लागेर अपानवायु सुँघ्दा सुँघ्दा विचरालाई गन्धेपुरी डकार आएछ कि क्या हो ? पहिला के भनेर हिड्या
थिए ? हुन त विचरा झलु वल्लो घाट न पल्लो तिरका भा’छन् । माकुनेसँगै बस्दा बचेखुचेको जीवनले कहिल्यै सम्मान नपाउने बुझेसी’ यतिबेला झालेमालेमै फर्कन तारतम्य मिलाउदै रै’छन् । आखिरी सर्पनाथ न परे ।
टाटै पल्टिएछ
अब सरकारले सामाजिक सुरक्षा भत्ता दिन सक्दैन रे । अर्थ सचिवले भन्या । अरुले भन्या भए पत्याउने कुरै आउँदैन थियो तर अर्थ सचिवले नै थुतुनो खोले्र भुकेपछि पत्याउनै प¥यो । भनेसी मुलुक टाँटमात्र हैन उत्तानै पल्टने अवस्थामा पुगेछ । अन्तर्राष्ट्रिय विमान स्थलमा कफनमा आएको युवाहरुको लासबाटसमेत निचोरेर पैसा असुल्ने वर्तमान टालाटुलीको सरकारले बृद्ध बृद्धाको मुखको माड पनि खोस्ने भयो । सरकारमा नहुँदा समेत अनेकौ वहानामा अवैध लुट्ने धन्दो गर्दै आएकाहरुले अब त झन वैध रुपमा लुट्न् लाइसेन्स नै पाएका छन् । बृद्धबृद्धा, एकल महिला सव जाओस् भाँडमा कि कसो हौ ?
अन्तमा माकुने लिंठिगै
नेकपा एसका मुखिया माकुने अन्तेमा एक्लै लिंठिंग होलान् जस्तो छ । सौताको रिसले पोइको काँधमा तु¥क्याएर, विस्टाएर हिड्या माकुनेलाई अब आफ्नैहरुले धमाधम छोड्न थाल्या छन् । जबरजस्ती स्यालबहादुर र प्रचण्डाउको पछि लागेर यसो उनेरले फालेका टुकुरा खाँदै आएका माकुनेले अब त्यो पनि साह«ै पाउँलान जस्तो छैन । अस्तिका दिन प्रभावशाली व्यक्तित्व मुकुन्द न्यौपाने आफ्नै
पुरानो घर फर्किएका छन् । न्यौपाने जस्तै झालेमालेमा फर्कन माकुनेका अरु पनि नेता कार्यकर्ता खुट्टा उचालेर बस्या छन् । फर्किनेहरुमा माकुने–माकुने गन्हाउनु त भए नि । कि कसो हौ ?
नालायक बस्या रान
सिंहदरबार, शितल निवास, बाल्वाटारतिर बस्नेहरु त गतिलै मान्छे होलान् भन्या त फुइøयाँ हुनु ? आफ्नै नाकको अगाडिको फोहोर समेत पन्छाउन नसक्ने नालायक र निकम्बाको मात्र त्यहाँ बास रै’छ । सिंहदाबार, शितल निवास, बाल्वाटारमा बस्नेहरुले बडो ठूल्ठूला गुड्डी हाँक्थे । ह्या गर्दिन्छम, त्यहाँ गर्दिन्छम् भन्थे । हैसियत त देखिइहाल्यो नि । दंगदंगी गन्काउने फोहोर स्वाँक स्वाँक सुँगेर बस्छन् तर उठाएर पन्छाउने हैसियत छैन । मुलुकै आफूले हाँकेको गुड्डी लाउँथे जाबो आफ्नौ नाक अगाडिको फोहोर उठाएर फाल्ने हैसियत नाई । जे होस् काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन साहले यिन्का लगौटी माने हैसियत राम्ररी छताछुल्ल बनाइद्या छन् ।
अन्तेमा
अनेकौ हण्डर र ठक्कर खाएर बल्लतल्ला शितल निवास छिर्न पाएका तनहुँ वाहुन पोखराका रामचन्द्रे बाजेले अस्तिका दिन माने वैसाख १ गते किलोकै भाउमा पदकहरु बाँडेछन् । यसभन्दा अगाडि भण्डार्नी बज्यैले पनि त्यसै गरी बाँड्या थिइन् । बलात्कारी, मिटर ब्याजी, भ्रष्टाचारी, व्यभिचारी, चाकडीवाज सबैले होलसेलमै पदक भिर्ने मौका पाएका थिए । यसपटक बाजेले पनि भण्डार्नी बज्यैको पदचाप पछ्याएका छन् । अलि केही सुधार होला भन्या त के को हुनु ? जुन गोरु आयो कानै चिरेको । बाजेले पनि सडकमा नाँच्ने देखि टन्न लुँड्याउने सम्मलाई पदक भिराइदिएछन् । क्या वात

तपाईको प्रतिक्रिया