फेरि का“ग्रेसका कार्यकर्ताले नेतृत्वको लागि सति जानुपर्ने भयो

विविध कारणले रिक्त हुन पुगेको तीन संघीय सांसदको निर्वाचन आगामी एक महिना पछि हुने भएको छ । एमाले, जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको ती निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताले नेतृत्वको लागि सति जानुपर्ने देखिएको छ । अन्य निर्वाचन क्षेत्रको तुलनामा बारा क्षेत्र नं. २ को निर्वाचन प्रति यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । गत मंसिरमा सम्पन्न संघीय संसदको निर्वाचनमा जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । वर्तमान अपवित्र सत्ता गठबन्धनमा सहभागी भएका जसपाका अध्यक्ष उपेन्द्र यादव पुन ः बारा क्षेत्र नं. २ बाट निर्वाचन लडेर सांसद छिर्ने ध्याउन्नमा छन् ।
सत्ता गठबन्धनभित्र चर्को बार्गेनिङ्ग गरेर रामसहाय यादवलाई उपराष्ट्रपति बनाएपछि उक्त क्षेत्रमा उप निर्वाचन हुन लागेको हो । जसरी राम सहाय यादवलाई चर्को राजनैतिक बार्गेनिङ्ग गरेर उपराष्ट्रपति बनाउन उपेन्द्र यादव सफल भए अब हुने उप निर्वाचनमा पनि आफूलाई साझा उमेद्वार बनाउन उनले जोडबल गर्दै आएका छन् । तर अन्य दल यादवको प्रस्तावमा सकारात्मक नदेखिए पनि नेपाली काँग्रेस भने  सकारात्मक देखिएको छ । अर्थात बारा क्षेत्र नं. २ मा यादवको उमेद्वारी विरुद्ध काँग्रेसले उमेद्वारी नदिने भएको छ । नेपाली काँग्रेसको वर्तमान नेतृत्वको यस आत्मघाती निर्णयले हाललाई बारा जिल्लाका कार्यकर्तामा नैरास्यता छाएको छ । जिल्लामा बसेर संगठनमा अहोरात्र खटिने कार्यकर्ताहरुले चरम असन्तुष्टि जनाएका छन् । केन्द्रमा बसेर निर्णय गर्नेले जिल्लाका कार्यकर्ताको भवाना बुझ्न जरुरी हुन्छ । तर सत्ता लिप्सामा चरम अन्धो भएको वर्तमान काँग्रेस नेतृत्वकै कारण इमान्दार र जुझारु कार्यकर्ता पलायनको स्थितिमा पुगेका  छन् । संसारमा अन्यत्र पनि गठबन्धन हुन्छन् तर सरकार बनाउनका लागि मात्र । तर नेपालमा निर्वाचन क्षेत्र नै बाँडफाँड गर्ने गरी गठबधन हुनुले दलहरुको शैद्धान्तिक आचरण माथि नै गम्भीर प्रश्न खडा भएको छ । हरेक दलका आ–आफ्ना आदर्श, मूल्य र मान्यता हुन्छन् । सत्ताकै लागि विचार, सिद्धान्त, आदर्श, उद्देश्य समेत नमिल्नेहरुसँग गठबन्धन गर्नु घातक मात्र हुन जान्छ । अर्को कुरा सप्तरीमा सिके राउतसँग भारी मतले पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई संसदमा भिœयाउन खोज्नुको औचित्यको पुष्टि कसैले गर्न सक्दैन । उनमा त्यस्तो के खुबी छ ? उनी सांसद नहुँदा संसद अपांग र अधूरो हुन्छ ? कहिले मोरङबाट, कहिले सुनसरीबाट, कहिले सप्तरीबाट उनी निर्वाचन लड्दै आएका व्यक्ति हुन् यादव । आफूले जितेर गएको निर्वाचन क्षेत्रमा उनले कहिल्यै कुनै स्मरणीय काम  गरेको थाहा छैन । उनी जुन ठाउँबाट उठ्छन् त्यो स्थान जादवको पर्मानेन्ट कहिल्यै भएन । आफ्नो ल्याकतले, आफ्नो प्रभावले, आफ््नो काम गराईले उनले कहिल्यै निर्वाचन जितेका छैनन् । खोक्रा नारा लगाएर, निर्दोष मधेशी युवाहरुलाई अनाहकमा बलिवेदीमा चढाएर मधेशवादी दलको नेता भएका उपेन्द्र यादव केवल सत्ताको गुलियो खान मात्र पुन ः संसदमा उठ्न खोजेका हुन् ।

तपाईको प्रतिक्रिया