दुतावासले चैत्र १० गते इण्डिया हाउस परिसरमा एक विशेष समारोहबीच ५८ औं प्राविधिक तथा आर्थिक सहकार्य दिवस सम्पन्न गरेको छ । भारतीय राजदुतावासले एक विज्ञप्ती प्रकाशित गरी ५८ औ आइटेक समारोहमा नेपालका बरिष्ठ सरकारी अधिकारी, प्रतिष्ठित व्यक्तिहरु, आइटेकका अल्मुनाइ भूतपूूर्व विद्यार्थी, भारतका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरेका पूर्व विद्यार्थीहरु गरी पाँच सय जनाको सहभागिता रहेको जनाइएको छ ।

सो समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतले हाँसिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेज्ञता नेपाल लगायत १६० भन्दा धेरै देशका दुई लाख भन्दा बढी सरकार अधिकारी, व्यवसायी तथा उद्योगीहरु माझ पु¥याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गर्नुभएको थियो । राजदुत श्रीवास्तवले भारतले यो बर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको शुरुवात गर्ने बारे विचार भइरहेको बताउनुभयो । सो अवसरमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश घिमिरे, नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री, संघीय संसद सचिवालयका सचिव रोजनाथ पाण्डे, नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अल्मुनाइहरुले भारतमा अध्ययन गर्दाका क्षणहरु सम्झिएका थिए । भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरु माझ पु¥याई त्यहाँको मानव संसाधनको विकासमा टेवा पु¥याउन आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ । सन १९६४ बाट शुरु भएको उक्त कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न समेत सघाउ पु¥याउँदै आएको जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ
भारतको चण्डीगढ स्थित Post Graduate Institute of medical education Public helth Management development Programme कोर्षका नेपाल मेडिकल एसोसिएसनबाट ४५ जना चिकित्सक, जोधपुरस्तिथतNational Law University मा विशेष कोर्षको लागि महान्याधिवक्ताको कार्यालयबाट ३२ जना अधिकारी र India International Institute of democracy and election management मा निर्वाचन आयोगबाट २९ जना अधिकारी सहित करिब २ सय जना नेपाली कर्मचारी, स्वास्थ्य तथा कानुन व्यवसायी, निर्वाचन अधिकारी तथा रक्षा अधिकारीले सन् २०२२–२०२३ मा आइटेक कोर्षको तालिम लिइसकेका छन् । यो बर्ष नेपाली सहभागीहरुले St. Stephens Young leaders, Neignborhood first fellowship programme, M.tech course in Irrigation, Hydrology and water Managemnt, Leadership 4.o management and governance in the emerging world of disruption cases including procurement and contract frauds, dark web and crypto currency आदि कोर्ष सम्बन्धी तालिम लिए । नेपालको अति घनिष्ट तथा छिमेकी राष्ट्रको नाताले विगत केही दशकदेखि भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहँदै आएको छ । विगत १५ बर्षमा मात्र नेपालमा २ हजार भन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ । विज्ञप्तीको अन्त्यमा भनिएको छ भारतको प्रयासको एक हिस्साको रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधनको विकासमा सहयोग मात्र नपु¥याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक, आर्थिक विकासमा योगदान पु¥याएको छ
