संगीतमार्फत बुद्धको सन्देश प्रवाह गर्दै ज्ञानमाला समिति

धरान । विश्व शान्तिको कामना गर्दै भद्र जयन्ति सम्पन्न गरेको बुद्धबिहारले त्यसकै समिपमा रहेर २९ बर्ष अगाडि संगतिको माध्यमबाट शान्ति फैलाउने उद्देश्यले धरानम ज्ञानमाला सघ गठन भएको थियो ।
यसको प्रमुख उद्देश्य बुद्धको उपदेशलाई संगीतको माध्यमबाट प्रचार गर्दै शान्ति स्थापनामा बल पु¥याउनु हो । २०५० सालम पौषमा धरानमा गठन भएको यो एक बर्षपछि अर्थात २०५१ चैत्रमा राष्टिूय ज्ञानमाला समितिको केन्द्रीय कार्यालय काठमाण्डौमा खोलिएपछि यसको गतिविधि अझ बढेर गएको छ । ०७५ साल वैसाख १४ गते नेपाल राष्टिूय ज्ञानमाला समिति क्षेत्रीय उपसमितिको गठन भएको थियो । यो समितिको सक्रियतालाई बढाउन पुनर्गठन गरिएको हो ।


गठन सँगै संस्थाको पदस्थापना समेत भइसकेको छ । चन्द्र हलुवाईको संयोजकत्वमा ३० सदस्यीय सदस्य गठन भएको हो ।  संगीतको माध्यमबाट बुद्धको सन्देश नेपालभरि प्रवाह गर्दै शान्ति स्थापनामा सहयोग पुग्ने उद्देश्यले गठन गरिएको राष्ट्रिय ज्ञानमाला समितिले जनाएको छ । पूजनीय महा स्थविर सोभित भन्तेको उपस्थितिमा गठन भएको पूर्वाञ्चल क्षेत्रीय उपसमतिको सह संयोजक मिनु ठकुरी, सचिव लक्ष्मी शाक्य, सहा सचिव गीता तुलाधर र कोषाध्यक्ष इन्दु हल्वाई रहनु भएको छ भने सदस्यमा चैनपुर ,भोजपुर, खाँदबारी ,उर्लाबारी र विराटनगर बाट दुई÷दुई जना सदस्य चयन गरिएको छ ।
नव गठिन समितिकी अध्यक्ष चन्द्र हलुवाईले संगीतको माध्यमबाट बुद्धको सन्देश छर्न लागि पर्ने बताउनुभयो । राष्टिूय ज्ञानमाला समितिकी केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले समितिले निकालेको बुद्ध सम्बन्धी भजनले समाजमा सकारात्मक प्रभाव परेको बताउनुभयो । यो समितिले हालसम्म ५० वटा भन्दा बढी बुद्धको संदेशले भरिएको बुद्ध भजनहरू बजारमा ल्याइसकेको छ । भजनमा रमना श्रेष्ठ , निलकुमारी स्थापित, मिनु ठकुरी, सपना साक्य, सन्दीप प्रधान, पञ्चु शाक्य र बिन्दु श्रेष्ठको स्वर रहेको छ । सँगीत भने विनय प्रधान र सन्दीप प्रधानको संगीत संयोजन रहेको छ । यसलाई अझै सक्रिय बनाउदै नेपालका पश्चिमी क्षेत्र पोखरा, पाल्पा लगायत पूर्वका धेरै स्थानमा यो समितिको शाखा सञ्चालनमा रहेको राष्टिूय ज्ञानमाला समितिले जनाएको छ । बुद्धले दिएको उपदेशलाई समेटेर भजन निर्माण गरिने भएकोले यो भजन सबैका लागि उपयुक्त हुने समितिको दाबी छ ।

तपाईको प्रतिक्रिया