मोरङ । मोरङको बिराटनगर महानगरपालिकाका विभिन्न स्थानहरुबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ । बुधबार सिमावर्ती क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको अवस्थामा कुर्था सुरुवाल, साडी, र मोटर्स पार्स, ग्या“सको पाइप, किटको कराई लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव २ लाख ५ हजार बराबरको सामान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
